अनलाईन मार्फत ठगी गरेको आरोपमा एक युवती पक्राउ « Khabarhub

अनलाईन मार्फत ठगी गरेको आरोपमा एक युवती पक्राउ


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक सञ्जालको दुरुपयोग गरी अनलाईन मार्फत ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको कञ्चनपुर नगरपालिका घर भएर ललितपुर बस्ने सुजता चौधरी छिन् । २७ वर्षीय चौधरीलाई काठमाडौँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय जनाएको छ ।

विदेशी नागरिकको नाममा फेसबुक आइडी बनाएर सुजताले आईफोन, घडी र सुनका गहना जस्ता उपहार पठाएको छु भन्दै उनले ठगी गर्ने गरेको प्रहरीले बताएको छ। कुरियरमार्फत सामान पठाएको बहाना बनाएर चौधरीले एयरपोर्टमा सामान आइपुगेको भन्दै ‘कस्टम चार्ज’ र ‘डेलिभरी चार्ज’ मागेर ठगी गर्ने गरेकी थिइन् ।

उनले १ लाख ३५ हजार ठगेको उजुरी प्रहरीमा परेको छ । उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी परिसर ललितपुरमा पठाईएको उपत्यका अपराध अनुसन्धान कार्यालय जनाएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ९ : ०३ बजे

संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु

काठमाडौं– नेपाल सरकार र संयुक्त राष्ट्रसङ्घले सन् २०२८–२०३२ अवधिका लागि

वाग्मती सफाइ महाअभियान ६८९ औँ हप्तामा प्रवेश

काठमाडौं– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

अवरुद्ध कालीगण्डकी करिडोर पुनः सञ्चालन

गण्डकी– पहिरोका कारण अवरूद्ध बनेको कालीगण्डकी करिडोरको बागलुङ खण्डमा आठ

पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति’ पत्रकारिता पुरस्कार

भक्तपुर– यस वर्षको ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’ कान्तिपुर टेलिभिजनका पत्रकार

हरिशयनी एकादशीका अवसरमा बूढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको