हमासका ब्रिगेड कमान्डर र अन्य तीन सैनिक नेताको मृत्यु | Khabarhub Khabarhub

हमासका ब्रिगेड कमान्डर र अन्य तीन सैनिक नेताको मृत्यु


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

गाजा – हमासको सैन्य शाखाले इस्लामिक आन्दोलनविरुद्ध इजरायलले गरेको आक्रमणका क्रममा उत्तरी ब्रिगेडका कमाण्डर अहमद अल–घान्डोर र अन्य तीन वरिष्ठ नेताको मृत्यु भएको जनाएको छ ।

इजेदिन अल–कासम ब्रिगेडले एक विज्ञप्ति जारी गर्दै आफ्नो सैन्य परिषद्का सदस्य घान्डोर, अयमान सियाम र अन्य एक वरिष्ठ नेताको मृत्यु भएको जनाएको छ ।

घाण्डोर हमासका शीर्ष कमाण्डर थिए जसले उत्तरी गाजा ब्रिगेडको नेतृत्व गरेका थिए र उनी यसको सैन्य परिषद्को हिस्सा थिए । विज्ञप्तिमा भनिएको छ, ‘हामी अल्लाहसँग प्रतिज्ञा गर्दछौं हामी मृतक नेताहरूको अभियानलाई निरन्तरता दिनेछौँ । उनीहरूको रगत मुजाहिदीनका लागि ज्योति र कब्जा गर्नेहरूका लागि आगो हुनेछ ।’

गत हप्ता इजरायली सेनाका एक वरिष्ठ अधिकारीले सेनाले हमासका ‘५० भन्दा बढी’ कमाण्डरलाई मारेको र यसले सैन्य शाखाको क्षमतामा ‘महत्वपूर्ण’ क्षति पु¥याएको बताएका थिए ।

घाण्डोर दुई पटकसम्म इजरायली जेलमा कैँदी जीवन विताएका थिए भने वर्तमान युद्धको समयमा इजरायली हवाई आक्रमणमा परी उनले आफ्ना दुई छोरालाई गुमाएका थिए ।

सन् २०१४ को युद्धका क्रममा इजरायलमा रकेट प्रहार गरेको आरोपमा सेनाले उनको घर भत्काएको थियो र त्यसको एक वर्षपछि इजरायलको एक गैरसरकारी संस्थाले उक्त द्वन्द्वका क्रममा युद्ध अपराध गरेको अभियोगमा उनको नाममा मुद्दा दायर गरेको थियो ।

सन् २०१७ मा अमेरिकी आर्थिक प्रतिबन्धको कालोसूचीमा रहेका घान्डोरलाई ‘विश्वव्यापी आतङ्कवादी’को सूचीमा राखिएको थियो ।

अमेरिकी विदेश मन्त्रालयले त्यतिबेला उनी हमासको राजनीतिक ब्युरोको सदस्य हुनुका साथै गाजा, वेस्ट बैंक र विदेशका आफ्ना नेताहरूलाई समूहबद्ध गर्ने लडाकू समूहको ‘शूरा काउन्सिल’मा रहेको बताएको थियो ।

सन् २००६ मा केरेम शालोम सीमा क्षेत्रमा रहेको इजरायली सैन्य चौकीमा भएको आक्रमणमा दुई सैनिकको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएका थिए । उक्त आक्रमणको परिणामस्वरूप इजरायली सैनिक गिलाद शालितको अपहरण भयो, जसलाई हमासले पाँच वर्षसम्म हिरासतमा राखेको थियो र सन् २०११ मा एक हजार २७ प्यालेस्टिनी कैदीहरूको बदलामा रिहा गरिएको थियो।

अक्टोबर ७ मा सुरु भएको गाजा युद्ध हमास लडाकूहरूले दक्षिणी इजरायलमा एक्कासी आक्रमण गरेपछि शुरू भएको थियो । यस युद्धमा एक हजार २०० मानिसहरूको मृत्यु भएको थियो, जसमा अधिकांश सर्वसाधारण मानिस थिए । लगभग २४० अन्यलाई खोसेको इजरायली गणनाले देखाएको छ ।

गाजाका हमास शासकहरूले हालैको इजरायली आक्रमणमा करिब १५ हजार मानिसहरूको ज्यान लिएको र त्यसमा अधिकांश सर्वसाधारणको मृत्यु भएको बताएका छन् ।

इजरायली सेनाका एक वरिष्ठ अधिकारीका अनुसार सेनाले हमासको लडाकु फौजलाई ठूलो क्षति पु¥याएको छ, जसमा एक हजार लडाकूका २४ बटालियन रहेका छन् ।

उनले भने, ‘केही बटालियनमा हामीले हमासका सयौं आतङ्ककारी र अधिकांश बटालियन कमान्डरलाई मारिदियौं ।’ उनले मारिएका लडाकूको सङ्ख्या एक हजार वा १० हजार नभई यसको बीचमा रहेको बताएका छन् ।

हमासले जारी युद्धविरामको तेस्रो दिन आइतबार यो तथ्यलाई पुष्टि गरेको हो । युद्धविराम सम्झौता अन्तर्गत हमासले २६ जना इजरायली बन्धक फिर्ता गरेको छ भने १५ जना विदेशी नागरिकलाई फिर्ता गरेको छ । यी सबै महिला र बालबालिकालाई दुई समूहमा रिहा गरिएको हो ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ९ : ५८ बजे

जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा

म्याग्दी – यहाँको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदी किनारका

लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का

त्रिपोली – लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक सातामा एक जोडी

अमेरिकामा ज्यान गुमाएका ४ जनाको अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो

गोरखा – अमेरिकामा गोली लागेर मृत्यु भएका गोरखाका एकै घरका

गण्डकीमा सत्ताको चाबी बनेका मनाङेको राजनीतिक ‘इनिङ्स’ समाप्त

पोखरा – गण्डकी प्रदेशको सत्ता राजनीतिमा जब-जब सङ्कट आउँथ्यो, एक

बालुवाटारमा ८ नेताको बैठक : शिक्षा विधेयकदेखि हाइड्रो व्यवसायीको गुनासोसम्म छलफल

काठमाडौं– सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्षनेताहरुबीच