हमासका ब्रिगेड कमान्डर र अन्य तीन सैनिक नेताको मृत्यु « Khabarhub

हमासका ब्रिगेड कमान्डर र अन्य तीन सैनिक नेताको मृत्यु


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

गाजा – हमासको सैन्य शाखाले इस्लामिक आन्दोलनविरुद्ध इजरायलले गरेको आक्रमणका क्रममा उत्तरी ब्रिगेडका कमाण्डर अहमद अल–घान्डोर र अन्य तीन वरिष्ठ नेताको मृत्यु भएको जनाएको छ ।

इजेदिन अल–कासम ब्रिगेडले एक विज्ञप्ति जारी गर्दै आफ्नो सैन्य परिषद्का सदस्य घान्डोर, अयमान सियाम र अन्य एक वरिष्ठ नेताको मृत्यु भएको जनाएको छ ।

घाण्डोर हमासका शीर्ष कमाण्डर थिए जसले उत्तरी गाजा ब्रिगेडको नेतृत्व गरेका थिए र उनी यसको सैन्य परिषद्को हिस्सा थिए । विज्ञप्तिमा भनिएको छ, ‘हामी अल्लाहसँग प्रतिज्ञा गर्दछौं हामी मृतक नेताहरूको अभियानलाई निरन्तरता दिनेछौँ । उनीहरूको रगत मुजाहिदीनका लागि ज्योति र कब्जा गर्नेहरूका लागि आगो हुनेछ ।’

गत हप्ता इजरायली सेनाका एक वरिष्ठ अधिकारीले सेनाले हमासका ‘५० भन्दा बढी’ कमाण्डरलाई मारेको र यसले सैन्य शाखाको क्षमतामा ‘महत्वपूर्ण’ क्षति पु¥याएको बताएका थिए ।

घाण्डोर दुई पटकसम्म इजरायली जेलमा कैँदी जीवन विताएका थिए भने वर्तमान युद्धको समयमा इजरायली हवाई आक्रमणमा परी उनले आफ्ना दुई छोरालाई गुमाएका थिए ।

सन् २०१४ को युद्धका क्रममा इजरायलमा रकेट प्रहार गरेको आरोपमा सेनाले उनको घर भत्काएको थियो र त्यसको एक वर्षपछि इजरायलको एक गैरसरकारी संस्थाले उक्त द्वन्द्वका क्रममा युद्ध अपराध गरेको अभियोगमा उनको नाममा मुद्दा दायर गरेको थियो ।

सन् २०१७ मा अमेरिकी आर्थिक प्रतिबन्धको कालोसूचीमा रहेका घान्डोरलाई ‘विश्वव्यापी आतङ्कवादी’को सूचीमा राखिएको थियो ।

अमेरिकी विदेश मन्त्रालयले त्यतिबेला उनी हमासको राजनीतिक ब्युरोको सदस्य हुनुका साथै गाजा, वेस्ट बैंक र विदेशका आफ्ना नेताहरूलाई समूहबद्ध गर्ने लडाकू समूहको ‘शूरा काउन्सिल’मा रहेको बताएको थियो ।

सन् २००६ मा केरेम शालोम सीमा क्षेत्रमा रहेको इजरायली सैन्य चौकीमा भएको आक्रमणमा दुई सैनिकको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएका थिए । उक्त आक्रमणको परिणामस्वरूप इजरायली सैनिक गिलाद शालितको अपहरण भयो, जसलाई हमासले पाँच वर्षसम्म हिरासतमा राखेको थियो र सन् २०११ मा एक हजार २७ प्यालेस्टिनी कैदीहरूको बदलामा रिहा गरिएको थियो।

अक्टोबर ७ मा सुरु भएको गाजा युद्ध हमास लडाकूहरूले दक्षिणी इजरायलमा एक्कासी आक्रमण गरेपछि शुरू भएको थियो । यस युद्धमा एक हजार २०० मानिसहरूको मृत्यु भएको थियो, जसमा अधिकांश सर्वसाधारण मानिस थिए । लगभग २४० अन्यलाई खोसेको इजरायली गणनाले देखाएको छ ।

गाजाका हमास शासकहरूले हालैको इजरायली आक्रमणमा करिब १५ हजार मानिसहरूको ज्यान लिएको र त्यसमा अधिकांश सर्वसाधारणको मृत्यु भएको बताएका छन् ।

इजरायली सेनाका एक वरिष्ठ अधिकारीका अनुसार सेनाले हमासको लडाकु फौजलाई ठूलो क्षति पु¥याएको छ, जसमा एक हजार लडाकूका २४ बटालियन रहेका छन् ।

उनले भने, ‘केही बटालियनमा हामीले हमासका सयौं आतङ्ककारी र अधिकांश बटालियन कमान्डरलाई मारिदियौं ।’ उनले मारिएका लडाकूको सङ्ख्या एक हजार वा १० हजार नभई यसको बीचमा रहेको बताएका छन् ।

हमासले जारी युद्धविरामको तेस्रो दिन आइतबार यो तथ्यलाई पुष्टि गरेको हो । युद्धविराम सम्झौता अन्तर्गत हमासले २६ जना इजरायली बन्धक फिर्ता गरेको छ भने १५ जना विदेशी नागरिकलाई फिर्ता गरेको छ । यी सबै महिला र बालबालिकालाई दुई समूहमा रिहा गरिएको हो ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ९ : ५८ बजे

चैत १४ गतेभित्र बालेन नेतृत्वको सरकार, एकै चरणमा मन्त्रिपरिषद् गठनको तयारी

काठमाडौं- यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला – प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

मध्यपूर्व युद्धले ‘विश्वव्यापी खाद्य सुरक्षामा खतरा’ : विश्व व्यापार संगठन प्रमुख

जेनेभा – मध्यपूर्वमा जारी युद्धले विश्वव्यापी खाद्य सुरक्षामा गम्भीर खतरा

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय शान्ति महोत्सव सुरु

लुम्बिनी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विश्वमा

पूर्वाधारमा थप आक्रमण भएमा इरान संयम रहनु आवश्यक नरहने विदेशमन्त्री अराघचीको भनाइ

तेहरान – इरानका विदेशमन्त्री सयैद अब्बास अराघचीले इरानका पूर्वाधारमा पुनः