नाइजेरियामा आक्रमण : १६० जनाको मृत्यु « Khabarhub

नाइजेरियामा आक्रमण : १६० जनाको मृत्यु


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अबुजा– मध्य नाइजेरियाका गाँउमा भएको शृङ्खलाबद्ध आक्रमणमा कम्तीमा १६० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

बोक्कोस स्थित  स्थानीय सरकारी क्षेत्रको गाँउ मुसुमा गोठाला र किसानहरू बीच भएको झडपमा १६ जनाको मृत्यु भएको छ ।

बोक्कोस, पठार राज्यको स्थानीय सरकारका अनुसार कम्तीमा ११३ जनाको मृत्यु भएको पुष्टि भएको छ  । झडपमा घाइते भएका ३०० भन्दा बढी  व्यक्तिलाई बोक्कोस, जोस लगायतका अस्पतालमा सारिएको छ। स्थानीय रेडक्रसको अस्थायी टोलीले बोक्कोस क्षेत्रका १८ गाउँमा १०४ जनाको मृत्यु भएको  उल्लेख गरेको छ । 

संसद्का सदस्य डिक्सन चोलोमका अनुसार बार्किन लाडी क्षेत्रका थुप्रै गाउँहरूमा कम्तीमा ५० जनाको मृत्यु भएको  छ । यो घटना पठारमा गत मे महिना यताकै सबैभन्दा  हिंस्रक घटना हो । सो घटनामा किसान र गोठाला बीचको झडपमा सय भन्दा बढीको मृत्यु भएको थियो । 

नियमित रूपमा हुँदै आएका सशस्त्र आक्रमणले नाइजेरियाको उत्तरी र मध्य क्षेत्रमा  गम्भीर सुरक्षा खतरा बढेको छ ।  

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ३ : ०७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको