भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले पायो लेइफ एरिक्सन चन्द्र पुरस्कार « Khabarhub

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले पायो लेइफ एरिक्सन चन्द्र पुरस्कार


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

रेक्याभिक- भारतको अन्तरिक्ष अनुसन्धान संगठन इसरोले यस वर्ष लेइफ एरिक्सन चन्द्र पुरस्कार प्राप्त गरेको छ ।

आइसल्याण्डको राजधानी रेक्याभिकमा रहेको हुसाभिक संग्रहालयले यस पुरस्कार प्रदान गर्दै आएको छ । भारतीय चन्द्र अभियान चन्द्रयान ३ को सफलताका लागि इसरोले यस पुरस्कार पाएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

चन्द्रयान ३ मार्फत् चन्द्र अभियानमा इसरोको लगाव र आकाशीय पिण्डको वैज्ञानिक खोजका लागि इसरोलाई यस पुरस्कार प्रदान गरिएको हो । इसरोका तर्फबाट आइसल्याण्डका लागि भारतीय राजदूत बालासुब्रमण्ह्यम श्याले यस पुरस्कार ग्रहण गरेका थिए ।

यस वर्षको अगस्ट २३ का दिन भारतीय चन्द्र अभियान चन्द्रयान ३ ले चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरी ऐतिहासिक कोशेढुङ्गा पार गरेको थियो । यससँगै अमेरिका, चीन र रुसपछि भारत चन्द्रमामा सफलतापूर्वक यान अवतरण गर्ने चौथो मुलुक बन्न सफल भएको थियो ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ८ : ३१ बजे

कृष्णभीरमा ट्रयाक खोल्न थालियो

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्रयाक खोल्ने काम आज

जाइरोङ नाकामा खोज–उद्धार जारी

बेइजिङ– नेपालको लाङटाङ लिरुङ हिमालमा हिमनदीको ठूलो भाग खसेपछि आएको

साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि ६० लाख सहयोग

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक