उद्योगी व्यवसायीले आत्मदाह गर्ने परिस्थिति आएको भन्दै सरकारको ध्यानाकर्षण | Khabarhub Khabarhub

उद्योगी व्यवसायीले आत्मदाह गर्ने परिस्थिति आएको भन्दै सरकारको ध्यानाकर्षण


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– बर्दिबासका उद्योगी र व्यवसायीहरूले बैंकबाट हुने मानसिक यातनाले उद्योगी व्यवसायीहरूकाे जीवन नै समाप्त गर्ने परिस्थिति सृजना भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । 

आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको जस्तै परिस्थिति सिर्जना हुँदै गएको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् । बैंकका प्रतिनिधिसहितको सहभागितामा बर्दिबास उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तरक्रियामा व्यवसायीहरूले बैंकहरूको कारणले नै व्यापारीहरुलाई आत्मदाहको स्थितिमा पुर्‍याएको भन्दै चिन्ता व्यक्त गरे । 

धितोको नाममा बैंकले दिने मानसिक तनावले कयौँ युवाहरूले आत्महत्याको बाटो रोज्दै गएको र यसको जिम्मेवार बैंकहरु स्वयंले लिनुपर्ने उनीहरूको भनाइ छ । ७ प्रतिशतमा ब्याजमा लिएको ऋण अहिले १४ प्रतिशतसम्म तिर्नुपर्ने वाध्यताले कयौ व्यापारीहरु व्यापारवाट नै पलायन भइरहेका अन्तरक्रियामा सहभागी उद्योगीहरूले गुनासो गरेका छन् । 

साना तथा मझौला व्यापारीहरूलाई बैंकमा  विभेदपूर्ण व्यवहार हुने भन्दै व्यापारीहरूले आक्रोश समेत ब्यक्त गरे । होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका सचिव नारायण घिमिरेले वित्तीय तथा बैंकहरूलाई नाफामुखि बनाउन व्यवसायीहरुकै योगदान भए पनि पछिल्लो समय बनेको  वित्तीय नीतिले व्यवसायप्रति नै निरुत्साहित बनाएको बताए । ‘गभर्नरले चढ्ने गाडीदेखि लिने सम्पूर्ण सुविधा हाम्रै करले भएको छ,’ उनले प्रश्न गरे, ‘फेरि हामीप्रति नै अन्याय ?’ 

अहिलेको अवस्था अन्त्य नगरे आन्दोलन गर्ने उनले चेतावनी पनि दिए । बैंक व्यवसायीहरुप्रति लचिलो नबन्ने हो भने लिलामीका फाइलहरुको चाङ लाग्ने र लिलाम गर्ने मान्छेसमेत नपाउने परिस्थिति सिर्जना हुने भन्दै उनले बैंकहरु उत्पादनमुखी बन्न सुझाव दिए ।

बैंकको चर्को व्याज र घरभाडाका कारण बर्दिबासमा मात्र ४६ वटा सटर बन्द भएको बताउँदै व्यवसायीहरुले चिन्ता व्यक्त गरे । बैंकले चोरीको घटना बढ्दै गएकाले वित्तीय नियमानुसार सामाजिक क्षेत्रमा खर्चिनुपर्ने पैसा सिसिटीभी जडानमा खर्चिनुपर्ने संघको माग छ ।

उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खडकले व्यवसायीकै कारणले चलिरहेका बैंकहरुले सामाजिक विकासका क्षेत्रमा गर्नुपर्ने जिम्मेवारी सिसिटिभी जडान गरेर सुरक्षित सहर निर्माण गर्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  २ : ३४ बजे

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये

महत्वपूर्ण मुद्दामा राजनीतिक सहमतिबाट निकास निकाल्नुपर्छ : देव गुरुङ

काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव

शिक्षकले राजनीति नगरौँ : गिरिराजमणि पोखरेल

बैतडी – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव तथा सुदूरपश्चिम