सीआईबीले पक्राउ गरेका चिनियाँले ललाईफकाई बालिकामाथि यौन शोषण गर्दै आएको खुलासा « Khabarhub

सीआईबीले पक्राउ गरेका चिनियाँले ललाईफकाई बालिकामाथि यौन शोषण गर्दै आएको खुलासा


१५ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेका चिनियाँ नागरिक ४९ वर्षीय याङ ली मिङले नाबालिकासँग फेसबुकबाट चिनजान गरी पैसाको लोभ देखाएर यौन शोषण गर्ने गरेको पाइएको छ ।

ललितपुर महानगरपालिका–२२ बुङ्गमतीस्थित कोका न्यू प्युरी एन्ड म्याट्रेस कम्पनी सञ्चालन गरी बस्दै आएका उनले नाबालिकाहरूलाई आर्थिक प्रलोभनमा पारेर विभिन्न जिल्लाबाट काठमाडौँ बोलाई यौन शोषण गर्ने गरेको अनुसन्धानमा खुलेको सीआईबीका प्रहरी उपरीक्षक सञ्जय सिंह थापाले बताए ।

प्रहरी उपरीक्षक थापाका अनुसार यसरी काठमाडौँ ल्याएका बालिकालाई उनले सुरुमा विभिन्न मनोरञ्जनात्मक गतिविधिमा संलग्न गराउने, जिल्लाबाट आउँदा लागेको खर्च र काठमाडौँमा खाने, बस्ने खर्चसमेत उनी आफैँले बेहोर्ने गरेको पनि खुलेको छ ।

सबै गतिविधिमा संलग्न गराएर नजिक पारेपछि आर्थिक प्रलोभनमा पारी बालिकामाथि यौन शोषण गर्ने गरेको पाइएको प्रहरी उपरीक्षक थापाले बताए । “अहिलेसम्म ६ नाबालिकामध्ये दुईजनालाई यौन शोषण गरेको खुलेको छ”, थापाले भने, “अन्यलाई होटलमा लगेर ललाईफकाई गरी राखिएको पाइएको छ ।”

थापाका अनुसार उनको लोभमा १४ देखि १७ वर्षका बालिका फसेका छन् । झापा, कास्कीलगायत जिल्लाबाट आएका छजना बालिकाको उद्धार गरिएको पनि उनले बताए । सीआईबीले उनीमाथि थप कारबाहीका लागि ललितपुर प्रहरीमा बुझाएको छ ।

उनीमाथि जिल्ला प्रहरी परिसर ललितपुरले अहिले नाबालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा काठमाडौँ जिल्ला अदालतबाट तीन दिनको म्याद अनुमति लिई अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ९ : २४ बजे

महिला समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याई

दाङ– तुलसीपुर उपमहानगरपालिका–४ मजुवाका मुना ओलीलाई बाजा बजाउन भ्याइनभ्याई छ

युवाका माग सम्बोधन गर्न लामो समयदेखि आवाज उठाएको छु : डा. कोइराला

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवाको माग

जीप दुर्घटनामा एकजनाको मृत्यु, एक जना घाइते

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक जनाको

एकै दिन ४ महिनापछि दुई फिल्मले तोके जेठ १५ लाई प्रदर्शन मिति

काठमाडौं – जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको सार्वजनिक बिदा

प्रशासनमा कहिले आउला डिजिटल युग ?

युग डिजिटलमय छ । समाजका तीनवटै पुस्ता डिजिटल बन्दै गएका