उद्योग व्यवसायी संघ सुर्खेतको अध्यक्षमा धीरेन्द्रबहादुर शाही « Khabarhub

उद्योग व्यवसायी संघ सुर्खेतको अध्यक्षमा धीरेन्द्रबहादुर शाही


१३ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर — उद्योग व्यवसायी संघ सुर्खेतको अध्यक्षमा धीरेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न प्रथम जिल्ला अधिवेशनले शाहीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको हो ।

उक्त समितिको वरिष्ठ उपाध्यक्षमा लोकेन्द्रबहादुर थापा, वाणिज्य उपाध्यक्षमा पारस विष्ट, उद्योग उपाध्यक्षमा गोरख विक, महिला उपाध्यक्षमा चन्द्रा कार्की र महासचिव खगेन्द्र पुलामी मगर निर्वाचित भएका छन् ।

त्यस्तै, सचिव नरबहादुर विक, कोषाध्यक्ष अनिल शाही तथा सदस्य तेजबहादुर सिंह, जङ्गबहादुर बिसी, प्रेमबहादुर श्रेष्ठ, दीपेन्द्र गैरे, खिमबहादुर वली, ललित सुनार, जनक विष्ट, पदमा देउवा र बेलमती नेपाली निर्वाचित भएको अध्यक्ष शाहीले बताए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई हार्दिक बधाई ज्ञापन गर्दै वाणिज्य क्षेत्रबाट नागरिकलाई सर्वसुलभ सेवा प्रदान गर्न तथा कर्णालीको अर्थतन्त्रलाई सघाउने खालको योजना अगाडि बढाउन आग्रह गरे ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी, उद्योग व्यापार महासंघका केन्द्रीय उपाध्यक्ष प्रबल शाहीले लगायतले समितिका पदाधिकारी तथा सदस्यलाई बधाई दिनुका साथै कार्यकाल सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ११ : ११ बजे

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न

निर्वाचनमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गर्न प्रशासनलाई गृहमन्त्री अर्यालको निर्देशन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनपूर्व र निर्वाचनको

साफ यू–१९ महिला च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

कास्की – पोखरामा आजदेखि सुरु भएको साफ यू–१९ महिला च्याम्पियनसिप

विपद्का १४ मध्ये १२ वटा आगलागी र डढेलोका घटना

काठमाडौं – पछिल्लो २४ घण्टामा विभिन्न विपद्का १४ घटनामध्ये १२