कञ्चनपुरमा डमरुसहित बाघ देखिन थालेपछि वन कर्मचारी सक्रिय « Khabarhub

कञ्चनपुरमा डमरुसहित बाघ देखिन थालेपछि वन कर्मचारी सक्रिय


१३ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कञ्चनपुरको पूर्व–दक्षिण क्षेत्रमा पर्ने मोहना–लालझाडी करिडोरमा दुई डमरुसहित पाटे बाघ देखिन थालेपछि सो क्षेत्रमा मानवीय क्षति रोक्न वन कर्मचारी सक्रिय भएका छन् ।

एक सातायता कञ्चनपुरको पुनर्वास नगरपालिका–११ र धनगढी उपमहानगरपालिका–३ मा पर्ने करिडोर क्षेत्रमा स्थानीयवासीले डमरुसहित पाटे बाघ देखेपछि डिभिजन वन कार्यालय कञ्चनपुरले मानवीय क्षति हुन नदिन सक्रियता बढाएको हो । “यसअघि पनि सो क्षेत्रमा बाघ नदेखिएको होइन”, कुण्डा सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत दिनेशकुमार यादवले भने, “एक सातायता बाघ देखिन थालेपछि सो क्षेत्रका सामुदायिक वनका उपभोक्तालाई कर्मचारी खटाएर सचेत रहन भनिरहेका छौँं ।” मोहना–लालझाडी करिडोर भारतको दूधुवा नेशनल पार्क र कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसितसमेत जोडिएको छ ।

“पुनर्वास नगरपालिका– १० र ११ बाट भारतको दूधुवासित जोडिएको छ भने बेलौरी नगरपालिकाको रामपुर गाउँहुदै करिडोर शुक्लाफाँटासित जोडिएको छ ।” सहायक वन अधिकृत यादवले भने, “करिडोरमा पनि संरक्षण र वासस्थानको अवस्था राम्रो भएकाले पछिल्लो समय बाघ लगायतका वन्यजन्तु बढिरहेका छन् ।” दुई दिनअघि पुनर्वास नगरपालिका–१० का ३२ वर्षीया कलसा सार्कीको दूधुवा नेशनल पार्कमा बाघको आक्रमणबाट निधन भएपछि सो क्षेत्रमा भारतीय वन तथा सुरक्षाकर्मीले पनि सक्रियता बढाएका छन् ।

“मानिस आक्रमण गर्ने बाघ नै यहाँ दिनहुँ देखिन थालेको हो की भन्ने आशङ्का छ”, यादवले भने, “सोही अनुसार भारतीय वनकर्मीसित पनि समन्वय गरिरहेका छौँ ।” उनले शुक्लाफाँटा र दूधुवा नेशनल पार्कमा बाघको सङ्ख्या बढेकाले करिडोरमा पसेको हुनसक्ने बताए । उनले करिडोर वरपर सचेतना अपनाउन सामाजिक सञ्जालको उपयोग गरिएको जानकारी दिए ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ३ : ०१ बजे

केएल राहुलको विष्फोटक ब्याटिङ, २२६ रनको लक्ष्य पछ्याउँदै दिल्ली विजयी

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राति सम्पन्न

आजको मौसम पूर्वानुमान : केही स्थानमा मेघगर्जनसहित वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको सकियो

नवलपरासी – नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८३ साल वैशाख १९ गते शनिबार। जेठ

आज २०८३ साल वैशाख १९ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख १९ गते शनिबार। जेठ