सवारी अनियमितता बढ्दो | Khabarhub Khabarhub

सवारी अनियमितता बढ्दो


१३ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

रसुवा —  पासाङल्हामु मार्ग अन्तर्गत रसुवा जिल्लामा प्रवेश गर्ने अधिकांश सवारीसाधन अनियमित तवरले सञ्चालन हुन थालेपछि ट्राफिक कारबाही तीव्र पारिएको छ । यातायात व्यवस्था विभागको अनुमति नलिइ आफूखुसी आउने, सवारी साधनमा ब्लूबुक नराख्ने, सवारी चालक अनुमतिपत्र नल्याउने, हल्का सवारी चालकको अनुमति पत्रले ठूला कन्टेनरको चालक बन्ने जस्ता विकृति भेटिन थालेपछि ट्राफिक प्रहरीले परीक्षण एवं कारबाही तीव्र रूपमा अगाडि बढाएको हो ।

चालु आर्थिक वर्षको गत साउनदेखि फागुनसम्मको परीक्षणबाट दुई हजार नौ सय २० वटा सानाठूला सवारीसाधन कारबाहीमा परिसकेका छन् । जाँच परीक्षण कार्य भने तीव्र रूपमा अगाडि बढिरहेको जिल्ला ट्राफिक रसुवाले जनाएको छ । आठ महिनामा सात सय २५ मोटरसाइकल एवं छ सय २९ कार जीप, एक सय आठ वटा बस र एक हजार चार सय ५८ ट्रक टिपरलाई कारबाही गरिएको निमित्त जिल्ला ट्राफिक प्रहरी इञ्चार्ज सन्तोष घिमिरेले बताए ।

यो वर्ष सवारीसाधन सञ्चालनको प्रक्रिया नपुर्‍याइ आफूखुसी हिँड्ने चालक एवं सवारीधनीको सङ्ख्या क्रमशः वृद्वि हुँदै गएको ट्राफिक प्रहरीको विश्लेषण रहेको छ । सवारी नियम उलङ्घन गर्ने सवारी चालक उपर कारबाहीस्वरूप जरिवाना मात्र गर्ने प्रावधान अनुरूप आठ महिनामा असूल गरिएको ३० लाख ९४ हजार पाँच सय जरिवाना राज्यकोषमा दाखिला गरिसकेको जिल्ला ट्राफिक राजस्व अभिलेखकर्ता जयराम लामिछानेले बताए ।

यस्तै चालु आवको आठ महिनामा रसुवाका सडक मार्गका विभिन्न भागमा सानाठुला १२ सवारी साधन दुर्घटना भएको थियो । गत भदौ १७ गते रसुवाको तारूकेमा भएको डुङ्गा दुर्घनाबाट दोलखा गौरीशङ्करका २३ वर्षीय विश्वनाथ भुजेल, कात्तिक ४ गते साङ्जेन हाइड्रो पावरमा भएको लोडर दुर्घटनाबाट दाङ राप्तीका ३६ वर्षीय वसन्तराज घिमिरे, कात्तिक १७ मै रसुवा कालिका– ४ कटुञ्जेमा भएको मोटरसाइकल दुर्घनाका कारण सोही स्थानका ८४ वर्षीय टीकानाथ न्यौपाने र मङ्सिर ५ गते साङ्जेन हाईड्रो पावरको बाँधमा भएको स्काभेटर दुर्घटनामा रसुवा गोल्जुङका ४५ वर्षीय कामी घलेको दुःखद निधन भएको ट्राफिक प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका दुई महिलासहित १० जना भने उपचारपछि घर फर्केको जनाइएको छ । कुनैपनि सवारी चालकले नियमानुसारको कागजपत्र साथमा राख्न, सडकको अवस्था हेरेर मात्र गतिलिन, छतमा कुनैपनि यात्रु नराख्न, आफ्ना सवारी साधनमा जान लागेका यात्रुलाई बीचबाटोमा नछोड्न, यात्राका लागि आफ्ना सवारी साधनमा बसेका यात्रुलाई शौचालय गराउन आवश्यक स्थानमा रोकी सहयोग गर्दै ट्राफिक नियम कानुनको पूर्ण पालना गर्न चालकलाई अनुरोध गरिएको निमित्त इन्चार्ज घिमिरेले बताए ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ३ : १४ बजे

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ

काठमाडौँ – नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी गर्ने एक

राष्ट्रसंघको महासभा : नेपाल घरेलुसँगै अन्तर्राष्ट्रिय विषयमा केन्द्रित

न्यूयोर्क – नेपालले यसपटक संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा निकै महत्त्वपूर्ण

भरुवा बन्दुकसहित एकजना पक्राउ

रूकुम पश्चिम – प्रहरीले रूकुम पश्चिमबाट भरुवा बन्दुकसहित एकजनालाई पक्राउ

सरकारले कृषि तथा पशु क्षेत्रलाई प्राथमिकता दिएको छ : मन्त्री भुसाल

दमौली – कृषि तथा पशुपंक्षी विकासमन्त्री डा बेदुराम भुसालले सरकारले

छिमेकीसँग माग्नुपर्ने अवस्थाको सिर्जना गर्न हुन्न : ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिमेकीसँग