थारु आयोगको प्रतिवेदन पेस « Khabarhub

थारु आयोगको प्रतिवेदन पेस


१३ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मा समक्ष थारु आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । थारु आयोगका अध्यक्ष विष्णु चौधरीले एक कार्यक्रबीच प्रदेश प्रमुख शर्मा समक्ष सो प्रतिवेदन पेस गरेका हुन् ।

नेपालको सविधानको धारा २४९ को उपधारा (३) बमोजिम आयोगले आर्थिक वर्ष २०७८÷७८ मा सम्पादन गरेका काम कारबाही समेटेर तयार गरेको वार्षिक प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेस गरेको अध्यक्ष चौधरीले जानकारी दिए ।

सो अवसरमा प्रदेश प्रमुख शर्माले थारु आयोगले गरेका कामको सरहाना गर्दै आगामी दिनमा आयोगमार्फत थारु समुदायको उत्थानका लागि गरिने कार्यमा आफनो सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

सो प्रतिवेदनमा थारु समुदायको समस्या, उत्थान तथा भोग्नु परेका, देखिएका चुनौतीलगायत सम्पादन गरेका काम कारबाहीका विषय समावेश गरिएका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ४ : ११ बजे

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा – पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा

मोरिन्होको सुखद सुरुवात: इन्जुरी समयको गोलमा रियल म्याड्रिडको रोमाञ्चक जित

काठमाडौँ – मुख्य प्रशिक्षक जोसे मोरिन्होको दोस्रो कार्यकालको पहिलो प्रतिस्पर्धात्मक

हलेसी तुवाचुङका तीन विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले आफ्नै लगानीमा घर निर्माण गर्न

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर