भाइको हत्या अभियोगमा दाइ जना पक्राउ « Khabarhub

भाइको हत्या अभियोगमा दाइ जना पक्राउ


१३ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहा प्रहरीले आफ्नै भाइको हत्या अभियोगमा दाइलाई पक्राउ गरेको छ । सुखिपुर नगरपालिका ८ का ३५ वर्षीय श्याम सुन्दर गोसाईको हत्या अभियोगमा उनकै दाइ ४२ वर्षीय रामचन्द्रलाई लुकिछिपी रहेको अवस्थामा कन्चनपुर जिल्लाको महेन्द्रनगरस्थित नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो ।

गत मंसिर ८ गते सिराहाको गोलबजार नगरपालिका ३ जमनटोकीमा रहेको आइसक्रिम फ्याक्ट्री अगाडी सोही फ्याक्ट्रीमा कामगर्ने उनीहरूबीच आपसका झगडा भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। सोही झगडामा दाइ रामचन्द्रले भाइलाई टाउको सहित सरिरको विभिन्न भागमा चोटपटक लागेका थिए। उनको उपचारको क्रममा दुईदिनपछि मृत्यु भएको थियो ।

भाइको मृत्युपछि फरार रामचन्द्रलाई प्रहरीले उपलब्ध स्रोत तथा प्रविधिको प्रयोग गरी खोजतलाश गर्दै जाने क्रममा यहि चैत ९ गते कन्चनपुर महेन्द्रनगरस्थित नेपाल भारत सीमा क्षेत्रमा फेलापारेको बताएको छ ।

उनलाई कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट दिन सातको म्याद लिई ईलाका प्रहरी कार्यालय गोलबजारले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ९ : २२ बजे

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित

सरकारी टोलीले जेन-जी आन्दोलनमा क्षति पुगेका दलका कार्यालयको अवलोकन गर्दै

काठमाडौं – सञ्चार तथ सूचना प्रविधिमन्त्री जगदीश खरेलसहित सरकारी टोलीले

राष्ट्रियसभा बैठकका लागि कृषि समितिको हल मर्मत गरिँदै (तस्बिरहरू)

काठमाडौं– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित

क्रिकेट खेलाडी धामी ‘बिज एजुकेशन’का ब्रान्ड एम्बासडर

काठमाडौं– क्रिकेट खेलाडी हेमन्त धामीलाई ‘बिज एजुकेशन’ले ब्रान्ड एम्बासडरका रूपमा