आर्सनलमाथि सिटीको सानदार जित « Khabarhub

आर्सनलमाथि सिटीको सानदार जित


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिगको उपाधि होड रोमाञ्चक बन्न पुगेको छ।

दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीले शीर्षस्थानको आर्सनलमाथि सानदार जित दर्ता गरे पछि उपाधि होड रोमाञ्चक बन्न पुगेको हो।

सिटीले घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा आर्सनलमाथि ४–१ को जीत निकाल्दै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ। आर्सनललाई हराएको सिटीले अब खेल्न बाँकी रहेको दुई खेलमा यदि विजयी भएमा ४ अंकले अघि बढ्ने छ।

बुधवार राती भएको खेलको सातौं मिनेटमा केभिन डि ब्रुएनाले सुरुवात गोल हानेर खेललाई १–० को अघि बढाए। पहिलो हाफको इन्ज्युरी समयमा जोन स्टोन्स थप अर्को गोल गर्दै सिटीको अग्रता दोब्बर पारिदिए।

आर्सनलको पोष्ट गोल हान्ने क्रम अझै रोकिएन। दोस्रो हाफको ५४औं मिनेटमा ब्रुएनाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि सिटी ३–० को अन्तरले उपाधि होडतर्फ लम्काइदिए। तर, ८६औं मिनेटमा आर्सनलका रोब होल्डिङले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याई दिए।

घरेलु मैदानमा सिटी रोकिने पक्षमा भने देखिएको थिएन,उसले दोस्रो हाफको इन्ज्युरी समयमा पनि गोल हानिदियो। हालान्डले फिल फोडेनको पासमा अन्तिम गोल गरे। अन्ततः सिटीले ४–१ को सानदार जितसहित उपाधि होडमा आफूलाई अब्बल सावित गरिदियो।

यस खेलसँगै आर्सनल र सिटीको अंक दुई मात्रै फरक परेको छ। शीर्षस्थानमा रहेको आर्सनलको ३३ खेलबाट ७५ अंक छ भने सिटीले ३१ खेलबाट ७३ अंक बटुलेको छ। बाँकी रहेका दुवै खेलमा जीत हासिल गरे सिटीले आर्सनललाई ४ अंकले पछि पार्नेछ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  ७ : ०४ बजे

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था

कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले देशको

राष्ट्रपतिले प्रधानमन्त्रीलाई भने : संयमतापूर्वक परिस्थिति साम्य पार्नुहोस्

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा