आर्सनलमाथि सिटीको सानदार जित « Khabarhub

आर्सनलमाथि सिटीको सानदार जित


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिगको उपाधि होड रोमाञ्चक बन्न पुगेको छ।

दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीले शीर्षस्थानको आर्सनलमाथि सानदार जित दर्ता गरे पछि उपाधि होड रोमाञ्चक बन्न पुगेको हो।

सिटीले घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा आर्सनलमाथि ४–१ को जीत निकाल्दै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ। आर्सनललाई हराएको सिटीले अब खेल्न बाँकी रहेको दुई खेलमा यदि विजयी भएमा ४ अंकले अघि बढ्ने छ।

बुधवार राती भएको खेलको सातौं मिनेटमा केभिन डि ब्रुएनाले सुरुवात गोल हानेर खेललाई १–० को अघि बढाए। पहिलो हाफको इन्ज्युरी समयमा जोन स्टोन्स थप अर्को गोल गर्दै सिटीको अग्रता दोब्बर पारिदिए।

आर्सनलको पोष्ट गोल हान्ने क्रम अझै रोकिएन। दोस्रो हाफको ५४औं मिनेटमा ब्रुएनाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि सिटी ३–० को अन्तरले उपाधि होडतर्फ लम्काइदिए। तर, ८६औं मिनेटमा आर्सनलका रोब होल्डिङले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याई दिए।

घरेलु मैदानमा सिटी रोकिने पक्षमा भने देखिएको थिएन,उसले दोस्रो हाफको इन्ज्युरी समयमा पनि गोल हानिदियो। हालान्डले फिल फोडेनको पासमा अन्तिम गोल गरे। अन्ततः सिटीले ४–१ को सानदार जितसहित उपाधि होडमा आफूलाई अब्बल सावित गरिदियो।

यस खेलसँगै आर्सनल र सिटीको अंक दुई मात्रै फरक परेको छ। शीर्षस्थानमा रहेको आर्सनलको ३३ खेलबाट ७५ अंक छ भने सिटीले ३१ खेलबाट ७३ अंक बटुलेको छ। बाँकी रहेका दुवै खेलमा जीत हासिल गरे सिटीले आर्सनललाई ४ अंकले पछि पार्नेछ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  ७ : ०४ बजे

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल

‘जेन-जीका नाममा मलाई ग्यास च्याम्बरमा हालेजस्तै जलाएर मार्न खोजियो’

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनाको

तीन महिनाको उपचारपछि स्वदेश फर्किइन् झलनाथ पत्नी रविलक्ष्मी (तस्बिरहरू)

काठमाडाैं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनासम्म