बार्सिलोना रायो भालेकानोसँग ४–१ को अन्तरले पराजित  « Khabarhub

बार्सिलोना रायो भालेकानोसँग ४–१ को अन्तरले पराजित 


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोना पराजित हुन पुगेको छ ।

म्याड्रिडमा बुधवार राति भएको खेलमा घरेलु टोली भालेकानोसँग पराजय हुन पुगेको हो ।

भालेकानो २–१ ले विजयी हुँदा शीर्षस्थानमा रहेको बार्सिलोना स्तब्ध हुन पुगेको छ ।

खेलको १९औं मिनेटमा अल्भारो गार्सियाले गोल गरेपछि भालेकानो १–० ले अघि बढेको थियो ।

भालेकोनाको गोल पोष्टमा गोल हान्ने अनवरत प्रयास गरे पनि अन्ततः बार्सिलोना पहिलो हाफमा नै १–० ले पछि पर्न पुग्यो ।

दोस्रो हाफको सुरुवाती अर्थात ५३औं मिनेटमा फ्रान्सिस्को गार्सियाले गोल गर्दै रायो भालेकानोलाई २–० को अन्तरले अग्रता दोब्बर बनाए ।

तर, ८३औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए पनि थप गोल हान्न नसक्दा बार्सिलोनाले पराजय भोग्नु पर्‍यो ।

यस सिजनमा तेस्रो हार बेहोरेको बार्सिलोनाले ३१ खेलबाट ७६ अंक जोडेको छ भने भालेकानो ४३ अंकसहित नवौं स्थानमा उक्लिएको छ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  ७ : ३८ बजे

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल

‘जेन-जीका नाममा मलाई ग्यास च्याम्बरमा हालेजस्तै जलाएर मार्न खोजियो’

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनाको

तीन महिनाको उपचारपछि स्वदेश फर्किइन् झलनाथ पत्नी रविलक्ष्मी (तस्बिरहरू)

काठमाडाैं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनासम्म