वैदेशिक ठगी आरोपमा एक जना पक्राउ « Khabarhub

वैदेशिक ठगी आरोपमा एक जना पक्राउ


१४ बैशाख २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अजरवैजान पुर्‍याई ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

टीकापुर नगरपालिका-१ घर भएका कृतक बहादुर साउँदलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले ४० वर्षीय साउँदलाई बुधबार काठमाडौँको सिनामंगलबाट पक्राउ गरेको हो ।

साउँदले कैलालीको वर्दगोरीया गाउँपालिका-६ का दीनेश बमलाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पुर्‍याइदिने भन्दै अजरबैजान पुगाएर दुई महिनादेखि अलपत्र पारेको प्रहरीले जनाएको छ ।

पोर्चुगल पुर्‍याएर मासिक दुई लाख नेपाली रकम हुने गरी काम लगाइदिने भन्दै उनले बमलाई प्रलाेभनमा पारेका थिए ।

उनले बमसँग विभिन्न प्रलोभन पार्दै पटक-पटक गरेर १३ लाख ९२ हजार रुपैयाँ लगेर अलपत्र पारेको प्रहरीले जनाएको छ ।

अलपत्र पारी ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि महाशाखाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  २ : ०६ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको