सरकारी जमिन संरक्षणमा उपमहानगरको चासो « Khabarhub

सरकारी जमिन संरक्षणमा उपमहानगरको चासो


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

राँझा– नेपालगञ्ज उपमहानगरपालिकाले सरकारी जमिन संरक्षणमा चासो देखाएको छ । सरकारी जमिनमा भएको अतिक्रमण छुटाउँदै तारबार गरेर संरक्षण गर्ने अभियान सञ्चालन गरिएको नगरप्रमुख प्रशान्त विष्टले बताए ।

उनका अनुसार उपमहानगरका २३ वटै वडामा रहेको सरकारी जमिन पहिचान गरी संरक्षणका लागि पहल भइरहेको छ । वडा नं १ मा करिब एक कठ्ठा सरकारी जमिनको अतिक्रमण हटाएर तारबार गर्ने प्रक्रिया सुरु भएको छ । नेपालगञ्ज-१ विश्वनाथ टोलमा स्थानीयद्वारा कब्जा गरिएको सरकारी जमिनको अतिक्रमण हटाएर संरक्षणको लागि सबै प्रक्रिया अगाडि बढाइएको त्यहाँका वडाध्यक्ष प्रमोद रिजालले बताए । 

स्थानीयवासी चन्द्रकला उप्रेतीले सरकारी बाटो कब्जा गरी अन्य व्यक्तिको आवागमनमा अवरोध गराएको जनगुनासोपछि वडा कार्यालयले बुझ्दै जाँदा सरकारको नाममा भएको जग्गा अतिक्रमण गरेको पाइएकाले त्यहाँ निर्मित अस्थायी संरचना हटाएर संरक्षणको लागि तारबार गर्न लागिएको उनको भनाइ थियो । सार्वजनिक जग्गा अतिक्रमण हटाउने क्रममा आफूलाई बारम्बार विवादमा पार्न खोजिएको र अनावश्यक लाञ्छना लाउन  खोजिएको वडाध्यक्ष रिजालले गुनासो गरे । 

उनले अतिक्रमणबाट छुटाइएको एक कठ्ठा जग्गामध्ये केही स्थानीयवासीलाई आवागमनमा छोडेर बाँकी जग्गामा तारबार गरिने बताए । स्थानीयवासी दत्तप्रसाद आचार्यले वडा कार्यालयले कानुनसम्मत् काम गरेकाले आफूहरूको साथ रहेको बताए । सरकारी जग्गा संरक्षण गर्ने क्रममा विवाद हुन नदिन नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्धिन राईसहित जनप्रतिनिधिले  स्थलगत अवलोकन गरेका थिए । 

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  २ : ३७ बजे

तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु

काठमाडौं– बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६ घटना

२३ अर्ब बक्यौता तिरेर जुर्मुराउँदै स्वास्थ्य बीमा : संकट टार्न सुविधा थैलीमा कटौती

काठमाडौँ – आम नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान

पहिरो पन्छाइएपछि नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

काठमाडौं- लगातारको वर्षापछि विभिन्न स्थानमा पहिरो खसेर प्रभावित नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ

कञ्चनपुरमा जापानिज इन्सेफ्‌लाइटिसको जोखिम कायमै

कञ्चनपुर– चार वर्षदेखि जापानिज इन्सेफ्‌लाइटिस पुष्टि भएका बिरामी नदेखिएको कञ्चनपुरमा

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर– भोजपुर नगरपालिका–१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको