जुम्लाको बाँइराकामा खानेपानीको समस्या, दूषित पानी पिउँदै स्थानीय « Khabarhub

जुम्लाको बाँइराकामा खानेपानीको समस्या, दूषित पानी पिउँदै स्थानीय


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिका–१ बाइराँका गाउँमा खानेपानीको समस्या भएको छ । सो गाउँका बासिन्दा दशकौँदेखि  तिला नदीकै दूषित पानी पिउन बाध्य छन् । 

स्थानीयवासी मीनबहादुर शाही गाउँमा लिफ्टमार्फत् तिला नदीको पानी ल्याइए पनि पर्याप्त नभएको बताउँछन् । ‘अझै खोलाकै पानीको भरमा छौँ’, उनले भने – ‘बाबु बाजेले खोलाकै पानी खाए, हामीले पनि यही प्रयोग गर्दैछौँ ।’ बाइराँका गाउँमा पानी पुर्‍याउने विषय हरेक चुनावमा प्रमुख मुद्दा बन्ने गरेको उनको भनाइ छ । 

पछिल्लो समय धौलीगाड खानेपानी आयोजना बन्ने विषय चर्चामा छ । यसबाट स्वच्छ पानी पाउँछ कि भन्ने आशा पलाएको शाहीको भनाइ छ । पानीले काकाकूल बाँइराका स्थानीय अहिले तिलाको पानीको सहारामा बाँचिरहेका छन् । स्थानीय छुमकली सार्कीले भनिन् , ‘यहाँ पानी पुर्‍याउन सांसददेखि वडाध्यक्षले आश्वासन धेरै दिए, पानी दिएनन ।’

खानेपानी नहुँदा बाँइराका गाउँका झण्डै एक सय २० परिवार नदीको दूषित पानी पिउन बाध्य छन् । धौलीगाड खानेपानी आयोजना समयमै सम्पन्न गर्न स्थानीयले माग गरेका छन् । खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय जुम्लाका प्रमुख अनुप श्रेष्ठका अनुसार बाँइराकामा सौर्य ऊर्जाबाट लिफ्टमार्फत पानी गाउँमा पुर्‍याइएको हो । 

धौलीगाड खानेपानी आयोजना आगामी आर्थिक वर्षभित्र सम्पन्न हुने उनको भनाइ छ । सो आयोजनाको लागत रु एक अर्ब २६ करोड रहेको छ । चन्दननाथका १० वडा, गुठीचौरका तीन वडा र तातोपानीका ६ वडाका आठ हजार छ सय ९५ परिवार आयोजनाबाट लाभान्वित हुने बताइएको छ । 

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  २ : ५३ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६