जुम्लाको बाँइराकामा खानेपानीको समस्या, दूषित पानी पिउँदै स्थानीय | Khabarhub Khabarhub

जुम्लाको बाँइराकामा खानेपानीको समस्या, दूषित पानी पिउँदै स्थानीय


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिका–१ बाइराँका गाउँमा खानेपानीको समस्या भएको छ । सो गाउँका बासिन्दा दशकौँदेखि  तिला नदीकै दूषित पानी पिउन बाध्य छन् । 

स्थानीयवासी मीनबहादुर शाही गाउँमा लिफ्टमार्फत् तिला नदीको पानी ल्याइए पनि पर्याप्त नभएको बताउँछन् । ‘अझै खोलाकै पानीको भरमा छौँ’, उनले भने – ‘बाबु बाजेले खोलाकै पानी खाए, हामीले पनि यही प्रयोग गर्दैछौँ ।’ बाइराँका गाउँमा पानी पुर्‍याउने विषय हरेक चुनावमा प्रमुख मुद्दा बन्ने गरेको उनको भनाइ छ । 

पछिल्लो समय धौलीगाड खानेपानी आयोजना बन्ने विषय चर्चामा छ । यसबाट स्वच्छ पानी पाउँछ कि भन्ने आशा पलाएको शाहीको भनाइ छ । पानीले काकाकूल बाँइराका स्थानीय अहिले तिलाको पानीको सहारामा बाँचिरहेका छन् । स्थानीय छुमकली सार्कीले भनिन् , ‘यहाँ पानी पुर्‍याउन सांसददेखि वडाध्यक्षले आश्वासन धेरै दिए, पानी दिएनन ।’

खानेपानी नहुँदा बाँइराका गाउँका झण्डै एक सय २० परिवार नदीको दूषित पानी पिउन बाध्य छन् । धौलीगाड खानेपानी आयोजना समयमै सम्पन्न गर्न स्थानीयले माग गरेका छन् । खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय जुम्लाका प्रमुख अनुप श्रेष्ठका अनुसार बाँइराकामा सौर्य ऊर्जाबाट लिफ्टमार्फत पानी गाउँमा पुर्‍याइएको हो । 

धौलीगाड खानेपानी आयोजना आगामी आर्थिक वर्षभित्र सम्पन्न हुने उनको भनाइ छ । सो आयोजनाको लागत रु एक अर्ब २६ करोड रहेको छ । चन्दननाथका १० वडा, गुठीचौरका तीन वडा र तातोपानीका ६ वडाका आठ हजार छ सय ९५ परिवार आयोजनाबाट लाभान्वित हुने बताइएको छ । 

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  २ : ५३ बजे

मन्त्री पालको सचिवालयले भन्यो : खगेन्द्रको स्टाटस कपोकल्पित हो

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालविरुद्ध

गाजामा इजरायली आक्रमण ‘असहनीय’ : रेडक्रस

जेनेभा – गाजामा इजरायलले गाजा शहरमाथि विजय हासिल गर्ने र

सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गै नेपाललाई समृद्ध बनाउन

रास्वपा र उपसभामुख रानामाथि योगेशका प्रश्नै प्रश्न

काठमाडौं – सत्तारूढ एमालेका सांसद योगेश भट्टराईले उपसभामुख इन्दिरा रानामगर

पर्सामा धान उत्पादन २० प्रतिशतले घट्ने अनुमान

पर्सा – पर्सामा सुक्खाग्रस्त समस्याको कारणले यस वर्ष धान उत्पादनमा