मकै बालीमा अमेरिकी फौजी कीराको प्रकोप, किसानलाई चिन्ता « Khabarhub

मकै बालीमा अमेरिकी फौजी कीराको प्रकोप, किसानलाई चिन्ता


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– म्याग्दीको मालिका गाउँपालिका– ५ देवीस्थानकी किसान रमिला बूढा मकै बालीमा अमेरिकन फौजी कीराको आक्रमणले सताएपछि चिन्तित भएको बताउँछिन्। हरियाली बनेको मकै कीराका कारण क्षति पुगेकाले उत्पादनमा घट्ने उनको गुनासो छ ।

‘करिब चार रोपनी जमिनमा मकै लगाइएकोमा कीरा लागेर हैरान पारेको छ, गतवर्ष पनि यस्तै समस्याले पिरोलेको थियो, अहिले पनि समस्या उस्तै छ, किसानलाई खेती गरेर जीवन धान्न विभिन्न रोग र कीराको प्रकोपले समस्या सिर्जना गर्छ’, उनले भनिन् ।

जिल्लाका दरवाङ, बाबियाचौर, ताकम, बिम, देविस्थान, ज्यामरुककोट, भकिम्ली लगायतका गाउँमा लगाएको मकैमा मौसमको प्रतिकूलताका कारण फौजी कीराको प्रकोप देखिएको छ ।

कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार जिल्लामा कतै मकै भर्खरै उम्रेको छ भने कतै गुवा हाल्दै गरेको र गोडमेल गर्ने समय भएको छ । सबै मकैका बोटमा फौजी कीराको प्रकोप बढ्न थालेपछि किसान चिन्तित भएको केन्द्रको भनाइ छ ।

केन्द्रका प्रमुख किरण सिग्देलले मकैमा अमेरिकन फौजी कीराको प्रकोप देखिन थालेको भन्दै कीराले मकैको पात र गुभा खाने गरेको बताए ।

जिल्लाको रत्नेचौर, ज्यामरुककोट लगायतका क्षेत्रमा सञ्चालित आइपिएम किसान पाठशालाका प्रशिक्षक क्षेत्रबहादुर कटुवालले यो वर्ष कीराले मकैको बोट खान थालेको र गर्मी बढ्दै जाँदा रोग कीराको प्रकोप फैलिन सक्ने जोखिम पनि बढ्दै जाने बताए ।

मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँका अनुसार वयस्क कीराले मकै वा अन्य बालीको पात र गुभामा अण्डा पार्छ । करिब दुई हप्तासम्म लार्भा अवस्थामा रहने यो कीराले सबैभन्दा बढी क्षति नै लार्भा अवस्थामा पुर्‍याउँछ ।

करिब एक हप्ताको वयस्क अवस्थामा उडेर टाढा–टाढासम्म पुगेर अण्डा पार्ने भएका कारण छोटो समयमा नै यसको प्रकोप फैलिने उनको भनाइ छ ।

म्याग्दीका विभिन्न छ स्थानीय तहका १४ समूहले मकैको बीउ उत्पादन गरिरहेका छन् । ती समूहलाई अमेरिकन फौजी कीराको प्रकोपबारे केन्द्रले जानकारी गराएको छ । फौजी कीराले रातिको समयमा बढी क्षति गर्ने गरेको कृषि प्राविधिक बताउँछन् ।

फौजी कीरा बढी नै खन्चुवा खालको हुने भएकाले जति बेला पनि मकैको बोट खाइरहने प्राविधिकको भनाइ छ । कीराको लार्भाले धान, गहुँ, कोदो, उखु, तेलहन बाली, लहरेबाली, काउली बाली, भटमास, प्याज, गोलभेँडा, आलुलगायतका बालीमा पनि क्षति पुर्‍याउने गरेको छ ।

यसको व्यवस्थापनको लागि खेतबारीमा नियमित अवलोकन गर्ने, बालीको बीचमा ‘डेस्मोडियम’ घाँस लगाउनुपर्ने कृषि प्राविधिकको सुझाव छ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  ३ : १० बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका