एसीसी प्रिमियर कप : नेपाल बन्यो समूह विजेता  « Khabarhub

एसीसी प्रिमियर कप : नेपाल बन्यो समूह विजेता 


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसीसी प्रिमियर कपमा नेपाल समूह ’ए’ को विजेता बनेको छ । बिहीबार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गर्दै समूह विजेता बनेको हो । योसँगै नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपालले ४ खेलबाट ७ अंक जोड्दै समूह विजेता बन्नेको हो । अब नेपालले समूह ’बी’ को उपविजेतासँग आगामी शनिबार सेमिफाइनलमा खेल्नेछ। 

बिहीबार टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कतारलाई १५८ रनको चुनौती दिएको थियो । उक्त रनको चुनौती लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा ८९ रनमा अलआउट भयो ।

नेपालको जितमा सन्दीप लामिछानेले पाँच विकेट लिएका थिए भने सर्वाधिक नटआउट ४२ रन जोडे । उनी बलिङ र ब्याटिङ दुवैमा चम्किए  । ललित राजवंशीले २ र सोमपाल कामीले ३ विकेट लिएका थिए ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  ३ : ३६ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी