पोर्चुगल पठाउने भन्दै लाखौँ ठगी गर्ने दुई जना पक्राउ « Khabarhub

पोर्चुगल पठाउने भन्दै लाखौँ ठगी गर्ने दुई जना पक्राउ


१४ बैशाख २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोरखा जिल्ला घ्यालचोक गाउँपालिका वडा नं. ८ स्थायी घर भई हाल ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं. १४ ठैब बस्ने ५१ वर्षीय दुर्गा बहादुर रेग्मी र सोही स्थान बस्ने ४५ वर्षीय कमला रेग्मी रहेका छन् ।

उनीहरूले सुजन कार्की समेत ३ जनालाई पोर्चुगल पठाइदिन्छु, पोर्चुगल जान प्रतिव्यक्ति १३ लाख रुपैयाँ लाग्छ र त्यहाँ पुगेपछि प्रतिष्ठित होटलमा मासिक २ लाख भन्दा बढी तलबको काम लगाइदिन्छु भनी प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी २१ लाख रुपैयाँ रकम लिई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट पक्राउ गरी उपस्थित गराइदिन भनी पत्राचार भएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई खोजतलास गर्ने क्रममा बिहीबार ललितपुरको गोदावरी बाट पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ५ : ३८ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको