पोर्चुगल पठाउने भन्दै लाखौँ ठगी गर्ने दुई जना पक्राउ « Khabarhub

पोर्चुगल पठाउने भन्दै लाखौँ ठगी गर्ने दुई जना पक्राउ


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोरखा जिल्ला घ्यालचोक गाउँपालिका वडा नं. ८ स्थायी घर भई हाल ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं. १४ ठैब बस्ने ५१ वर्षीय दुर्गा बहादुर रेग्मी र सोही स्थान बस्ने ४५ वर्षीय कमला रेग्मी रहेका छन् ।

उनीहरूले सुजन कार्की समेत ३ जनालाई पोर्चुगल पठाइदिन्छु, पोर्चुगल जान प्रतिव्यक्ति १३ लाख रुपैयाँ लाग्छ र त्यहाँ पुगेपछि प्रतिष्ठित होटलमा मासिक २ लाख भन्दा बढी तलबको काम लगाइदिन्छु भनी प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी २१ लाख रुपैयाँ रकम लिई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट पक्राउ गरी उपस्थित गराइदिन भनी पत्राचार भएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई खोजतलास गर्ने क्रममा बिहीबार ललितपुरको गोदावरी बाट पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  ५ : ३८ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको