‘सुडानबाट उद्धार गरिएका थप २ सय ४६ जना भारतीय मातृभूमि फर्केका छन्’ « Khabarhub

‘सुडानबाट उद्धार गरिएका थप २ सय ४६ जना भारतीय मातृभूमि फर्केका छन्’


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

मुम्बई– सुडान द्वन्द्वका कारण उद्धारको पर्खाइमा रहेका भारतीयहरुमध्ये थप २४६ जनालाई लिएर अर्को विमान बिहीबार मुम्बईमा अवतरण गरेको छ ।

‘अर्को विमान मुम्बई आइपुगेकाे छ । थप २४६ जना भारतीय मातृभूमि फर्केका छन्,’ भारतीय विदेशमन्त्री जयशङ्करले ट्वीटरमा लेखेका छन् ।

यसअघि बिहीबार नै केन्द्रीय विदेश राज्यमन्त्री भी मुरलीधरनले द्वन्द्वग्रस्त सुडानबाट उद्धार गरिएका १२८ जना भारतीय नागरिकलाई भारतीय वायु सेनाको विमान सी–१३० जे विमानबाट ‘अपरेसन कावेरी’ अन्तर्गत साउदी अरेबियाको जेद्दाह आइपुगेको बताएका थिए ।

‘अपरेसन कावेरी’को नेतृत्वमा भारतीय वायुसेनाको अर्को सी–१३० जे विमान १२८ जना भारतीयलाई लिएर जेद्दा आइपुगेको छ । जेद्दाह आइपुगेका सबै भारतीयलाई जतिसक्दो चाँडो भारत पठाउने प्रयास भइरहेको मुरलीधरनले बताए । उनले जेद्दाहमा भारतीय नागरिकहरू विमानबाट ओर्लेको भिडियो पोस्ट गरेका थिए।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले ट्वीट गर्दै भन्छन्, ‘भारतीय वायुसेनाको चौथो सी–१३० जे विमान पोर्ट सुडानबाट १२८ यात्रु लिएर जेद्दाका लागि उडेको छ ।

‘अपरेसन कावेरी’ अन्तर्गत सुडानबाट उद्धार गरिएका भारतीयहरूको यो छैटौँ समूह हो । योसँगै कूल एक हजार १०० भारतीयहरूलाई सुडानबाट फिर्ता गरिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  ६ : २५ बजे

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ

जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

बनेपा– काभ्रेपलाञ्चोकले विपद्पछि उद्धार र राहतमा केन्द्रित हुने अभ्यास परिवर्तन