श्रीमतीको हत्या गरी परिचय लुकाई बसेका व्यक्ति १८ वर्षपछि पक्राउ « Khabarhub

श्रीमतीको हत्या गरी परिचय लुकाई बसेका व्यक्ति १८ वर्षपछि पक्राउ


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – श्रीमतीको हत्या गरी वास्तविक परिचय लुकाई बसेका एकजना १८ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्घाखाँची वल्कोट स्थायी घर भई काठमाडौं महानगरपालिका–१७ क्षेत्रपाटी ढल्कु डेरा गरी बस्ने ५८ वर्षीय खुमे दर्जी रहेका छन् ।

खुमे दर्जीले रुपन्देही साविक दुधराक्ष गाविस–३ बुद्धनगरमा बसोबास गरेको अवस्थामा २०६१ मंसिर २४ गते कान्छी श्रीमती ४० वर्षीया राधिका दर्जीलाई मादक पदार्थ सेवन गरेको विषयमा चिर्पट प्रहार गरी हत्या गरी फरार रहेका थिए ।

भारतको दिल्लीमा करिब तीनवर्ष काम गरी नेपाल आई काठमाडौं क्षेत्रपाटी ढल्कुमा वास्तविक पहिचान लुकाई दिपक रानाको नाममा लुकीछिपी बसेको सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई काठमाडौं क्षेत्रपाटी ढल्कुबाट पक्राउ गरेको हो ।

उनलाई थप कानुनी कारबाहीको लागि ईलाका प्रहरी कार्यालय बुटवल, रूपन्देहीमा बुझाइएको छ ।

 

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  १० : ३७ बजे

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ