छ सय ४० विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा « Khabarhub

छ सय ४० विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले छ सय ४० विद्यार्थीलाई यस वर्षदेखि आवासीय सुविधा र निर्वाह भत्तासहित निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराएको छ। परिषद् प्राविधिक शिक्षाको पहुँच नपुगेका ९९ स्थानीय तहका र देशभरका विपन्न, दलित र मुस्लिम समुदायका विद्यार्थीलाई आवासीय सुविधा र निर्वाह भत्तासहित छ सय ४० जना विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराएको परिषद्का सूचना अधिकारी एकराज अधिकारीले जानकारी दिए।

उनका अनुसार ९९ स्थानीय तहका ८० जनालाई तीनवर्षे डिप्लोमा तथा विपन्न, दलित र मुस्लिम समुदायका विद्यार्थीलाई १८ महिने प्रि-डिप्लोमा तहमा एक सय ६० जना र तीन वर्षे डिप्लोमा/प्रमाणपत्र तहमा चार सय जनालाई विशेष छात्रवृत्ति कार्यक्रमअन्तर्गत अध्ययन गराइँदैछ। उनले ती विद्यार्थीलाई निर्वाह भत्ताबापत मासिक रु तीन हजार पाँच सय, यातायात खर्चबापत प्रतिवर्ष रु एक हजार पाँच सय र पोशाक खर्चबापत प्रतिवर्ष रु दुई हजार पाँच सय समेत उपलब्ध गराइनेछ।

असी विद्यार्थीलाई तीन वर्षे बालीविज्ञान (डिप्लोमा इन एग्रिकल्चर) र डिप्लोम इन होटल म्यानेजमेन्ट विषय निःशुल्क पठनपाठन गर्दैछन्। डिप्लो इन एग्रिकल्चर श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय, भोजपुर र डिप्लोमा इन होटल म्यानेजमेन्ट नेपाल बनेपा बहुप्राविधिक शिक्षालय बनेपामा पढिरहेको उनले जानकारी दिए। अठार महिने प्रि डिप्लोमा एग्रिकल्चर, फरेष्ट्री, अटोमोबाइल इञ्जिनियरिङ र सिभिल इञ्जिनियरिङ विषय अध्ययन गराइन्छ।

यस्तै तीन वर्षे डिप्लोमा सिभिल इञ्जिनियरिङ, बालीविज्ञान), जियोमेटिक्स इञ्जिनियरिङ, बायोमेडिकल इञ्जिनियरिङ, सिभिल (स्पेशलाइजेशन इन हाइड्रोपावर) इञ्जिनियरिङ, रेफ्रिजिरेशन एण्ड एयरकन्डिसनिङ इञ्जिनियरिङ, मेडिसिनल एण्ड एरोमेटिक्स प्लान्ट, पशुविज्ञान र सिभिल इञ्जिनियरिङ विषय अध्ययन गराइन्छ।

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  ८ : १७ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना