जलहरी प्रकरणबारे बोल्ने सांसद दाहालको अभिव्यक्ति संसद् रेकर्डबाट हटाइने « Khabarhub

जलहरी प्रकरणबारे बोल्ने सांसद दाहालको अभिव्यक्ति संसद् रेकर्डबाट हटाइने


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले बोलेको पशुपतिनाथको जलहरी प्रकरणको विषयलाई संसदको रेकर्डबाट हटाइने भएको छ।

आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिंहदरबारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुसहित प्रमुख सचेतकहरुबीचको बैठकमा सांसद दाहालको अभिव्यक्ति संसद् रेकर्डबाट हटाउने सहमति भएको हो।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अध्यक्ष ओली नेतृत्वको सरकारको पालामा पशुपतिनाथको जलहरी प्रकरणमा भ्रष्टाचार भएको आरोप लागेपछि शुक्रवारको प्रतिनिधि सभा बैठक अवरोध गरेको थियो।

आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले ओलीमाथिको आरोप निराधार रहेको कुरा सम्बोधनका क्रममा उल्लेख गर्ने र जलहरी निर्माणको प्रक्रियामा सुनको भनेर पित्तलको हाल्ने काम भयो भन्ने आरोप संसदको रेकर्डबाट हटाउने सहमति भएको नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले बताएका छन्। यससँगै अब संसद सुचारु हुने उनले जानकारी दिए ।

सांसद दाहालले उठाएको स्वास्थ्य उपकरणमा दुई अर्बको भ्रष्टाचार भएको विषय पनि संसदको रेकर्डबाट हटाउने सहमति भएको बताइएको छ।

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  १२ : १४ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब