नक्कली शरणार्थी प्रकरणको अनुसन्धान जरासम्म पुग्नुपर्छ : रवि लामिछाने « Khabarhub

नक्कली शरणार्थी प्रकरणको अनुसन्धान जरासम्म पुग्नुपर्छ : रवि लामिछाने


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली शरणार्थी प्रकरणको अनुसन्धान जरासम्म पुग्न नसकेको बताएका छन् ।

शनिबार ललितपुरमा रास्वपा ललितपुर महानगर भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले शरणार्थी प्रकरणमा पक्राउ परेका ठूला भनिएका नेताहरू भ्रष्टाचारका हाँगामात्रै भएको भन्दै जरासम्म पुग्न नसकेको बताएका हुन् ।

उनले यस प्रकरणमा भइरहेको छानविनमाथि विश्वास गर्न नसक्ने भएकाले आफूहरूले सदनमा संसदीय छानविन समिति गठन गर्नुपर्ने माग राखेको धारणा राखे ।

प्रहरीले बयान लिन सम्म डराएका व्यक्तिहरूमाथि अव संसदीय समितिले प्रश्न गर्ने उनको भनाइ छ । उनले नेपाली जनताले आफूहरुलाई नाच्न गाउन नभई भ्रष्टहरूलाई समात्न संसद्‌मा पठाएको उल्लेख गरे । कुनै पनि भ्रष्टहरूको विषयमा रास्वपा निर्मम ढंगले अघि बढ्ने भन्दै लामिछानेले जस्तोसुकै घेरावन्दी वा मुद्धा हालेपनि त्यसलाई चिरेर अघि बढ्ने दावी गरे ।

उनले भ्रष्टाचारको जरो नओखलेसम्म विश्राम नलिने स्पष्ट पारे ।

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  ४ : १७ बजे

एआईजी दाहालले अति संवेदनशील सूचना चुहाएको पुष्टि : गृहमन्त्रीको हातमा पुगेको छानविन प्रतिवेदनमा के छ ?

काठमाडौँ – सशस्त्र प्रहरी बलका निलम्बित प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला– चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा

बाढीपीडितलाई कुमारी बैंकका कर्मचारीको ‍४५ लाख बढी सहयोग

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति कुमारी बैंक लिमिटेडका

नबिलको ४२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं– नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले पाँच प्रतिशत

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले १५ लाख २८ हजार बराबरको