कोशी प्रदेशमा पाँच वर्षमा साढे तीन हजार किमी सडक निर्माण « Khabarhub

कोशी प्रदेशमा पाँच वर्षमा साढे तीन हजार किमी सडक निर्माण


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

मोरङ – कोशी प्रदेश सरकार स्थापनापछि प्रदेशमा विकासले गति लिएको छ । जनतालाई महसुस हुने गरी प्रदेश सरकारले सडक निर्माणलाई तीव्रता दिएको तथ्याङ्कले देखाएको छ ।

प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयकाले आर्थिक वर्ष २०७५/७६ देखि आव २०७९/८० को हालसम्मको अवधिमा सडक मर्मत, ग्रावेल, कच्ची सडक, ढलान सडक, सोलिङ सडक, सडक ट्रयाक खोल्ने र कालोपत्रे गरी तीन हजार चार सय ९५ दशमलव ७१ किलोमिटरमा काम भएको मन्त्रालयका सूचना अधिकृत इञ्जिनियर ललित चौधरीले जानकारी दिए ।

मन्त्रालयका अनुसार आव २०७५/७६ मा सडक मर्मततर्फ ६०१, आव २०७६/७७ मा ६१ दशमलव ५४, आव २०७७/७८ मा ५१ दशमलव १३, आव २०७८/७९ मा एक सय छ दशमलव १६ र आव २०७९/८० मा ७३ दशमलव २७ गरी जम्मा आठ सय ३९ दशमलव नौ गरी आठ सय ८३ दशमल शून्य नौ किलोमिटर सम्पन्न गरिएको छ ।

आव २०७५/७६ मा ग्रावेल सडकतर्फ एक सय २८ दशमलव नौ, आव २०७६/७७ मा दुई सय ११ दशमलव ३५, आव २०७७/७८ मा एक सय ७५ दशमलव ३१, आव २०७८/७९ मा तीन सय ८० दशमलव १९ र आव २०७९/८० मा ७४ दशमलव ८० गरी नौ सय ७० दशमलव ५५ किलोमिटर निर्माण गरिएको छ ।

कच्ची सडकतर्फ आव २०७५/७६ मा एक सय ८१ दशमलव तीन, आव २०७६/७७ मा चार सय ७७ दशमलव ८२, आव २०७७/७८ मा एक सय नौ दशमलव १९, आव २०७८/७९ मा ९१ दशमलव शून्य सात र आव २०७९/८० मा एक सय २५ गरी नौ सय ८४ दशमलव ३७ किलोमिटर निर्माण गरिएको छ ।

सडक कालोपत्रेतर्फ आव २०७५/७६ मा २६ दशमलव १८, २०७६र७७ मा आव ५२ दशमलव २१, आव २०७७/७८ मा ४० दशमलव ६१, आव २०७८/७९ मा ९८ दशमलव ७२, र आव २०७९र८० मा एक सय २३ दशमलव ६७ गरी तीन सय ४१ दशमलव ३९ किलोमिटर निर्माण सम्पन्न गरिएको छ ।

सोही अवधिमा ढलान सडकतर्फ १० दशमलव २६ , सोलिङ्ग सडकतर्फ २२ दशमलव १९ किलोमिटर सडक निर्माण गरिएको सूचना अधिकृत चौधरीले बताए। सोही अवधिमा दुई सय ७३ दशमलव ८६ किलोमिटर सडकको ट्रयाक खुला गरिएको छ ।

मन्त्रालयले आव २०७५/७६ मा मोटरेवल पुल १०, आव २०७६र७७ मा १२, आव २०७७/७८ मा आठ, आव २०७८/७९ मा २५ र आव २०७९/८० मा ११ गरी ६६ बटा निर्माण सम्पन्न गरिएको जानकारी दिएको छ । सो अवधिमा एक सय २६ बटा झोलुङ्गले पुल निर्माण सम्पन्न गरिएको छ ।

सो अवधिमा सामुदायिक भवन एक सय पाँच वटा निर्माण सम्पन्न भइसकेका छन् भने एक सय ५७ वटा निर्माणाधीन अवस्थामा छन् । सरकारी भवनतर्फ ३३ निर्माण सम्पन्न भएको छ भने छ वटा निर्माणाधीन अवस्थामा छन् । खेलकुद पूर्वाधारतर्फ ५० वटा निर्माण सम्पन्न भएका छन् भने छ वटा निर्माण भइरहेका छन् ।

सो अवधिमा एकीकृत वस्ती विकासतर्फ ५४ निर्माण सम्पन्न भएका छन् भने १२ वटा निर्माणाधीन छन् । जनता आवास कार्यक्रमअन्तर्गत चार हजार पाँच सय ५१ निर्माण सम्पन्न भएका छन भने दुई हजार चार सय २८ निर्माणाधीन अवस्थामा रहेको मन्त्रालयले जनाएको छ ।

सहरी सडक (ढलान)तर्फ तीन हजार सात सय ५० किलोमिटर सम्पन्न भइसकेको छ भने नौ दशमलव पाँच किलोमिटर निर्माण भइरहेको छन् । सहरी सडक कालोपत्रेतर्फ १८ किलोमितटर निर्माण सम्पन्न भइसकेको छ भने चार दशमलव २५ किलोमिटर निर्माणाधिन अवस्थामा रहेको मन्त्रालयको भनाइ छ ।

समीक्षा अवधिमा ४६ वटा पार्क निर्माण भइसकेका छन् भने १० वटा निर्माण भइरहेका छन् । साथै १८ वटा बसपार्क निर्माण भइसकेको छ भने चार निर्माणको अवस्थामा रहेको छन् । त्यसैगरी गेट तथा भ्यूटावरतर्फ ११ वटा निर्माण सम्पन्न भइसकेका छन् भने पाँच वटा निर्माण भइरहेको मन्त्रालयका सूचना अधिकृत चौधरीले बताए । सोही अवधिमा प्रहरी भवनतर्फ २९ वटा र अन्य पूर्वाधारतर्फ ४२ वटा निर्माण सम्पन्न भइसकेका छन् भने १८ वटा निर्माणाधीन अवस्थामा छ ।

यसैगरी अन्य मर्मत सम्भारतर्फ एक सय ४८ वटा सम्पन्न भइसकेका छन् भने १८ निर्माण हुने क्रममा छन् । मन्त्रालयका अनुसार उक्त अवधिमा भवन, खेलकुद मैदान, पार्कलगायत डिपीआरतर्फ एक सय २५ सम्पन्न भइसकेका छन् भने १० वटा हुने क्रममा छन् ।

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  ९ : १९ बजे

मध्य पूर्व द्वन्द्व चरम उत्कर्समा, अस्पताल तथा स्वास्थ्यकर्मी लक्षित आक्रमणमा वृद्धि : डब्ल्यूएचओ

जेनेभा- विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) पछिल्लो समयमा मध्य पूर्वको द्वन्द्व

झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

झापा- कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौं- पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा यसको

फेरि अर्को लेनदेनको काण्डमा नायक भुवन केसी

काठमाडौं – केही समयअघि मिडिया को-ओर्डिनेर स्वर्गीय दिनेश सिटौलालाई पारिश्रमिक

अफगानिस्तानको हेरातमा महिला उद्यमीलाई सशक्त बनाउन महिला बजारको सुरुवात

काबुल- पश्चिमी अफगानिस्तानको हेरात प्रान्तमा महिला उद्यमीहरुलाई सशक्त बनाउनको लागि