सिन्धुली फिक्कलका उत्कृष्ट सासूबुहारी सम्मानित « Khabarhub

सिन्धुली फिक्कलका उत्कृष्ट सासूबुहारी सम्मानित


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– पारिवारिक मेलमिलाप र घरेलु हिंसा अन्त्य गर्ने उद्देश्यले सिन्धुलीको फिक्कल गाउँपालिकाले सासूबुहारीलाई सम्मान गरेको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०७९–८० को वार्षिक कार्यक्रमअन्तर्गत छवटा वडाका छ जोडी सासूबुहारीलाई सम्मान गरिएको हो ।

गाउँपालिकाका उपाध्यक्ष राजु बरालले गाउँघरमा सासूबुहारी सम्बन्धलाई नकारात्मक दृष्टिले हेर्ने परिपाटीलाई न्यूनीकरण गर्ने उद्देश्यले समाजमा रहेका अनुकरणीय सासूबुहारीलाई गाउँपालिकाले हरेक वर्ष सम्मान गर्दै आएको बताए ।

प्रत्येक वडाका उत्कृष्ट सासूबुहारीलाई खोजी हरेक वर्ष गाउँपालिकाले सम्मान गर्ने कार्यलाई निरन्तरता दिने उनको भनाइ छ । 

उनले ज्येष्ठ नागरिकलाई गरिने व्यवहार सकारात्मक र बुहारीलाई पनि छोरीसरह व्यवहार होस् भनेर गाउँपालिकाले सम्मान गर्दै आएको र सबै वाडामा यसै प्रकारले सम्मान गरिने बताए ।

गाउँपालिकाले मेलमिलापका साथ छोराबुहारीसँगै बसेका छ वडाका १२ सासूबुहारीलाई प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको छ । 

सम्मानित हुनेमा वडा नम्बर १ का मुसीमाया कामी, अन्जना बिक, वडा नम्बर २ का बालकुमारी मगर, गङ्गाकुमारी मगर, वडा नम्बर ३ का कल्पना कुमारी श्रेष्ठ, मुना श्रेष्ठ, वडा नम्बर ४ का मैया आले र लीलाकुमारी मगर, वडा नम्बर ५ शिवकुमारी घिमिरे, पार्वती घिमिरे र वडा नम्बर ६ का बुद्धमाया मगर र जमुना मगर रहेका छन् ।

उनीहरूलाई सासूले बुहारीलाई छोरी समान र बुहारीले सासुलाई आमाको भूमिकामा राखेको जनाउँदै सम्मान गरिएको हो । 

गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले समाजमा छोराबुहारीबीचको सम्बन्धलाई हेर्ने दृष्टिकोणमा फरक ल्याउनु पर्नेमा जोड दिइन् । अब सासु होइन आमा र बुहारी नभई छोरीको सम्बन्ध कायम गर्नुपर्नेमा उनले जोड दिइन् । 

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  १० : ४६ बजे

बेतबाँसको सीपले आयआर्जनमा सहयोग

बर्दिया– वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँपालिका–९

म्याद गुज्रेका सामग्री फेला परेपछि अनुगमन तीव्र

खोटाङ– चाडपर्वलाई लक्षित गरेर खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

झापा– झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरो विरुद्ध आजदेखि

रेफ्रीमाथि खनिएका मौरिन्होले भने-‘दुई वटा रातो कार्ड दिनुपर्थ्यो’

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत ‘मड्रिड डर्बी’ मा एट्लेटिको मड्रिडसँग

१० खेलाडीमा सीमित रियललाई २-१ ले हराउँदै एट्लेटिको विजयी

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न ‘मड्रिड डर्बी’