मन्त्री मोदी र कोरियाली राजदूतबीच शिष्टाचार भेटवार्ता | Khabarhub Khabarhub

मन्त्री मोदी र कोरियाली राजदूतबीच शिष्टाचार भेटवार्ता


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीसँग नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क टियोङ्गले शिष्टाचार भेट गरेका छन् ।

मन्त्री मोदीलाई भेट्न राजदूत टियोङ्ग आज मन्त्रालय पुगेका थिए । सो भेटमा मन्त्री मोदीले नवनियुक्त राजदूत टियोङ्गलाई कार्यकालको सफलताको शुभकामना व्यक्त गरे । सो भेटमा मन्त्री मोदीले कोरिया र नेपालबीचको सम्बन्ध मैत्रीपूर्ण रहिआएको बताउँदै यस सम्बन्धलाई थप सुदृढ बनाउन नेपालका विभिन्न स्थानीय तह र दक्षिण कोरियाका सहरबीच भगिनी सम्बन्ध स्थापना गर्न इच्छुक रहेको बताए । 

भेटमा राजदूत टियोङ्गले नेपाल र कोरियाबीचको जनस्तरको सम्बन्धको चर्चा गर्दै आफ्नो कार्यकालमा द्विपक्षीय सम्बन्ध र सहयोग थप प्रगाढ र सुदृढ बनाउन लागिपर्ने बताए  । 

त्यस अवसरमा राजदूत टियोङ्गले मन्त्री मोदीको कोरिया भ्रमणको सफलताको कामना गरे । मन्त्री मोदी कोरियाको दोस्रो ठूलो सहर बुसानमा यही असार २० गतेबाट आयोजना हुन लागेको मन्त्रीस्तरीय एक बैठकमा सहभागी हुन त्यसतर्फ जाँदै छन् । 

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ३ : २० बजे

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी– पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग

सत्र वर्षपछि मुख्य भूमिकामा अभिनेता कामेश्वर चौरसिया

काठमाडौं– अभिनयमा अब्बल मानिने कलाकारमै पर्छन् अभिनेता कामेश्वर चौरसिया ।

जेन-जी आन्दोलनका क्रममा जलेको अर्थ मन्त्रालयमा रंगरोगन सुरू (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा क्षति पुगेको अर्थ मन्त्रालयमा रंगरोगनको काम

बसाइँसराइ बढेपछि सुनसान ‘कर्लिम गाउँ’

बागलुङ– ‘यति धेरै जग्गाजमिन सबै बाँझो भयो, गाउँभरिका घर सबै

विश्वका प्रमुख मिडियामा जेनजी आन्दोलनको चर्चा

काठमाडौं – नेपालमा २०८२ भाद्र २३ मा सुरु भएको जेन