जलहरी प्रकरणमा राष्ट्रपतिलाई छानविन समितिको संयोजक बनाउनुपर्छ : योगेश भट्टराई « Khabarhub

जलहरी प्रकरणमा राष्ट्रपतिलाई छानविन समितिको संयोजक बनाउनुपर्छ : योगेश भट्टराई


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका सचिव योगेश भट्टराईले पशुपति मन्दिरको जलहरी प्रकरणमा संसदीय छानविन समिति बनाए राष्ट्रपतिलाई छानविन समितिको संयोजक बनाउनुपर्ने बताएका छन् ।

मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले पशुपति मन्दिरको जलहरीमा पूर्व राष्ट्रपति र पूर्व प्रधानमन्त्रीलाई मुछ्ने काम भएकाले वर्तमान राष्ट्रपति संयोजक र प्रधानमन्त्री र संस्कृति पर्यटन मन्त्रीलाई सदस्य बनाएर तीन सदस्यीय छानविन समिति बनाउनुपर्ने बताएका हुन् । 

यस विषयमा संसदीय छानविन समिति गठन गर्न एमाले तयार रहेको भन्दै उनले समितिमा सांसदहरू नभएर संसद्को अभिन्न अंगको रुपमा रहेको राष्ट्रपति र प्रधानमन्त्रीलाई सहभागी गराउनुपर्ने जिकिर गरे ।

त्यस्तै भट्टराईले सरकारी तवरबाट निर्माण हुने कामहरूमा पहलकदमी लिने र शिलान्यास गर्नेको नाम राख्ने गरिएको भन्दै जलहरी बनाउँदा पनि ताम्रपत्रमा पूर्व राष्ट्रपति र प्रधानमन्त्रीको नाम राख्नु स्वभाविक भएको जिकिर गरे । उनले केही विषयमा एमालेलाई नियोजित रुपमा मुछ्ने काम भएको र मुलुकको ध्यान अन्यत्रै मोड्ने काम भएको उल्लेख गरे ।

त्यस्तै सचिव भट्टराईले ललिता निवास प्रकरणमा पनि एमालेलाई बदनाम गर्न खोजिएको भन्दै कोही पनि एमाले नेताले गढबढी गरेको पुष्टि भए पार्टीले कारवाही गर्ने स्पष्ट पारे । 

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ३ : २९ बजे

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका