सेयर बजारमा ५६.९४ अंकको वृद्धि « Khabarhub

सेयर बजारमा ५६.९४ अंकको वृद्धि


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चालु साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से ५० अंकमाथि पुगेको छ। मंगलबार नेप्से ५६.९४ अंकले बढेर २१८६.३६ को विन्दुमा कायम भएको छ।

२७५ सूचीकृत कम्पनीको १ करोड ३१ लाख ७ हजार ८० कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ४७ करोड ६२ लाख ८७ हजार ७४० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार तीन उपसूचकबाहेक सबैमा हरियाली छाएको छ।

लघुवित्तको उपसूचक सबैभन्दा धेरैले बढेको छ । लघुवित्तहरुको उपसूचक ८.९६ प्रतिशतले बढेको छ। फाइनान्सको उपसूचक पनि सर्वाधिक बढेको छ। स्वावलम्बन लघुवित्तको सर्वाधिक कारोबार भएको छ।

कम्पनीको आज २५ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, सोल्टि होटलआज , शिवम् सिमेन्टस्, आईजीआई प्रेसिडेन्सियल, हिमालयन डिष्टलरी, नबिल बैंक, फर्स्ट माइक्रोफाइनान्स, नागरिक लगानी कोष, मञ्जुश्री फाइनान्स, नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ।

मंगलबार ३४ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। यो वर्षको सबैभन्दा धेरै सर्किट लागेको मंगलबार नै हो ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ४ : २० बजे

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार