सेयर बजारमा ५६.९४ अंकको वृद्धि « Khabarhub

सेयर बजारमा ५६.९४ अंकको वृद्धि


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चालु साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से ५० अंकमाथि पुगेको छ। मंगलबार नेप्से ५६.९४ अंकले बढेर २१८६.३६ को विन्दुमा कायम भएको छ।

२७५ सूचीकृत कम्पनीको १ करोड ३१ लाख ७ हजार ८० कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ४७ करोड ६२ लाख ८७ हजार ७४० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार तीन उपसूचकबाहेक सबैमा हरियाली छाएको छ।

लघुवित्तको उपसूचक सबैभन्दा धेरैले बढेको छ । लघुवित्तहरुको उपसूचक ८.९६ प्रतिशतले बढेको छ। फाइनान्सको उपसूचक पनि सर्वाधिक बढेको छ। स्वावलम्बन लघुवित्तको सर्वाधिक कारोबार भएको छ।

कम्पनीको आज २५ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, सोल्टि होटलआज , शिवम् सिमेन्टस्, आईजीआई प्रेसिडेन्सियल, हिमालयन डिष्टलरी, नबिल बैंक, फर्स्ट माइक्रोफाइनान्स, नागरिक लगानी कोष, मञ्जुश्री फाइनान्स, नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ।

मंगलबार ३४ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। यो वर्षको सबैभन्दा धेरै सर्किट लागेको मंगलबार नै हो ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ४ : २० बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि