‘स्मार्ट छोरी बिहेवारी २० वर्ष पारी’ कार्यक्रम « Khabarhub

‘स्मार्ट छोरी बिहेवारी २० वर्ष पारी’ कार्यक्रम


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङ तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमार्फत ‘स्मार्ट छोरी बिहेवारी २० वर्ष पारी’ कार्यक्रम अघि सारेको छ । सो कार्यक्रमअनुसार बालविवाहलाई निरुत्साहित गर्दै स्मार्ट छोरी २० वर्ष पुगेपछि मात्रै विवाह गर्नलाई प्रोत्साहन गर्ने नीति उपमहानगरले लिएको छ ।

उपमहानगरपालिकाले आइतबार पेश गरेको आगामी आवको बजेटमा ‘समृद्ध तुलसीपुर स् सबैका लागि, सधैँका लागि’ भन्ने मूल नारा पनि अघि सारेको छ । उपमहानगरले आगामी आवका लागि कुल एक अर्ब ७९ करोड ४५ लाख ६९ हजार सात सय ५० को बजेट विनियोजन गरेको हो । जसमाआन्तरिक स्रोतबाट २१ करोड, स्थानीय तह राजस्व बाँडफाँड, मालपोत, रजिष्ट्रेसनबाट रु १२ करोड, ढुंगा गिट्टी दहत्तर बहत्तरबाट रु तीन करोड र विज्ञापन करबाट रु १५ लाख गरी कूल आन्तरिक आम्दानी ३६ करोड १५ लाख अनुमान गरिएको छ । 

पालिकाले संघीय सरकारबाट प्राप्त हुने अनुदानहरुमा समानीकरण अनुदान रु २९ करोड आठ लाख, ससर्त अनुदान रु ६५ करोड १३ लाख, समपूरक अनुदान रु ७५ लाख, विशेष अनुदान रु एक करोड र राजस्व बाँडफाँड सङ्घ रु २३ करोड दुई लाख ७१ हजार, खानी र वन रोयल्टीबाट रु १५ लाख गरी कूल रु एक अर्ब १९ करोड १३ लाख ७१ हजार प्राप्त हुने अनुमान गरिएको छ ।

त्यस्तै, प्रदेश सरकारबाट प्राप्त हुने अनुदानमा समानीकरण अनुदान दुई करोड २३ लाख ४१ हजार, सशर्त अनुदान रु दुई करोड ३६ लाख ५० हजार, समपूरक अनुदान रु दुई करोड, राजस्व बाँडफाँड प्रदेश दुई करोड ११ लाख ३० हजार सात सय ५० गरी कूल रु आठ करोड ७१ लाख २१ हजार सात सय ५० प्राप्त हुने अनुमान गरिएको छ । 

अन्य सङ्घसंस्था अनुदानमा नगर विकास कोष ऋण रु ११ करोड, युनिसेफ अनुदान रु ४५ लाख र सडक बोर्ड नेपालबाट रु एक करोड, युएसआइडी (जिटुजी) कार्यक्रम सञ्चालनका लागि रु तीन करोड ७७ हजार अनुदान प्राप्त हुने अनुमान छ । 

यसैबीच  तुलसीपुर उपमहानगरपालिकाले प्रस्तुत गरेको बजेटमा सबैभन्दा बढी पूर्वाधार विकास कार्यक्रमलाई प्राथमिकता दिएको छ । जसका लागि रु २५ करोडभन्दा बढी रकम  छुट्याइएको छ । 

पूर्वाधार विकास कार्यक्रमअन्तर्गत तुलसीपुर ट्रेड टावर निर्माणका लागि ११ करोड, यातायात पूर्वाधारका लागि ६ करोड लगायतका शीर्षकमा रकम  विनियोजन गरिएको छ । बजेटमा तुलसीपुर उपमहानगरपालिकाका गौरवका आयोजनाका लागि पाँच करोड रकम विनियोजन गरिएको छ ।

त्यस्तै, उपमहानगरपालिकाको आफैले सञ्चालन गरेको तुलसीपुर मेट्रो अस्पताल र तुलसीपुर मेट्रो कलेजलाई प्रदान गरिने सेवासुविधा विस्तारका लागिसमेत बजेटमा प्राथमिकता दिएको छ ।

त्यस्तै, वडा नं १, ३, ४ र १९ मा वायु ऊर्जा उत्पादन केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्ययनका लागिसमेत बजेट विनियोजन गरिएको छ ।  

उपमहानगरले कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनलाई प्राथमिकतामा राखेको छ । तुलसीपुरको अभियान, छोरीलाई विशेष सुरक्षा र सम्मान, स्मार्ट छोरी बिहेवारी २० वर्ष पारी कार्यक्रमलाई पनि प्राथमिकता दिई आवश्यक बजेट विनियोजन गरेको छ । 

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ४ : ४० बजे

बागमती प्रदेशसभा : दुई विधेयक बहुमतले पारित

मकवानपुर–  बागमती प्रदेशसभाको आजको बैठकले प्रदेश विनियोजन विधेयक २०८३ र

सरकारका १०० दिन : विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार

काठमाडौं- सरकारले आर्थिक समृद्धिको प्रमुख आधार स्तम्भका रूपमा ऊर्जा क्षेत्रलाई

सरकारका सय दिन : जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज

काठमाडौं- सरकारले जेन-जी आन्दोलनका घाइते तथा सहिद परिवारको राहत, औषधोपचार,

संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार एवं संविधान संशोधन

बालेन सरकारका सय दिन पूरा, के के भए उपलब्धि ? (पूर्णपाठ)

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो