‘स्मार्ट छोरी बिहेवारी २० वर्ष पारी’ कार्यक्रम « Khabarhub

‘स्मार्ट छोरी बिहेवारी २० वर्ष पारी’ कार्यक्रम


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङ तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमार्फत ‘स्मार्ट छोरी बिहेवारी २० वर्ष पारी’ कार्यक्रम अघि सारेको छ । सो कार्यक्रमअनुसार बालविवाहलाई निरुत्साहित गर्दै स्मार्ट छोरी २० वर्ष पुगेपछि मात्रै विवाह गर्नलाई प्रोत्साहन गर्ने नीति उपमहानगरले लिएको छ ।

उपमहानगरपालिकाले आइतबार पेश गरेको आगामी आवको बजेटमा ‘समृद्ध तुलसीपुर स् सबैका लागि, सधैँका लागि’ भन्ने मूल नारा पनि अघि सारेको छ । उपमहानगरले आगामी आवका लागि कुल एक अर्ब ७९ करोड ४५ लाख ६९ हजार सात सय ५० को बजेट विनियोजन गरेको हो । जसमाआन्तरिक स्रोतबाट २१ करोड, स्थानीय तह राजस्व बाँडफाँड, मालपोत, रजिष्ट्रेसनबाट रु १२ करोड, ढुंगा गिट्टी दहत्तर बहत्तरबाट रु तीन करोड र विज्ञापन करबाट रु १५ लाख गरी कूल आन्तरिक आम्दानी ३६ करोड १५ लाख अनुमान गरिएको छ । 

पालिकाले संघीय सरकारबाट प्राप्त हुने अनुदानहरुमा समानीकरण अनुदान रु २९ करोड आठ लाख, ससर्त अनुदान रु ६५ करोड १३ लाख, समपूरक अनुदान रु ७५ लाख, विशेष अनुदान रु एक करोड र राजस्व बाँडफाँड सङ्घ रु २३ करोड दुई लाख ७१ हजार, खानी र वन रोयल्टीबाट रु १५ लाख गरी कूल रु एक अर्ब १९ करोड १३ लाख ७१ हजार प्राप्त हुने अनुमान गरिएको छ ।

त्यस्तै, प्रदेश सरकारबाट प्राप्त हुने अनुदानमा समानीकरण अनुदान दुई करोड २३ लाख ४१ हजार, सशर्त अनुदान रु दुई करोड ३६ लाख ५० हजार, समपूरक अनुदान रु दुई करोड, राजस्व बाँडफाँड प्रदेश दुई करोड ११ लाख ३० हजार सात सय ५० गरी कूल रु आठ करोड ७१ लाख २१ हजार सात सय ५० प्राप्त हुने अनुमान गरिएको छ । 

अन्य सङ्घसंस्था अनुदानमा नगर विकास कोष ऋण रु ११ करोड, युनिसेफ अनुदान रु ४५ लाख र सडक बोर्ड नेपालबाट रु एक करोड, युएसआइडी (जिटुजी) कार्यक्रम सञ्चालनका लागि रु तीन करोड ७७ हजार अनुदान प्राप्त हुने अनुमान छ । 

यसैबीच  तुलसीपुर उपमहानगरपालिकाले प्रस्तुत गरेको बजेटमा सबैभन्दा बढी पूर्वाधार विकास कार्यक्रमलाई प्राथमिकता दिएको छ । जसका लागि रु २५ करोडभन्दा बढी रकम  छुट्याइएको छ । 

पूर्वाधार विकास कार्यक्रमअन्तर्गत तुलसीपुर ट्रेड टावर निर्माणका लागि ११ करोड, यातायात पूर्वाधारका लागि ६ करोड लगायतका शीर्षकमा रकम  विनियोजन गरिएको छ । बजेटमा तुलसीपुर उपमहानगरपालिकाका गौरवका आयोजनाका लागि पाँच करोड रकम विनियोजन गरिएको छ ।

त्यस्तै, उपमहानगरपालिकाको आफैले सञ्चालन गरेको तुलसीपुर मेट्रो अस्पताल र तुलसीपुर मेट्रो कलेजलाई प्रदान गरिने सेवासुविधा विस्तारका लागिसमेत बजेटमा प्राथमिकता दिएको छ ।

त्यस्तै, वडा नं १, ३, ४ र १९ मा वायु ऊर्जा उत्पादन केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्ययनका लागिसमेत बजेट विनियोजन गरिएको छ ।  

उपमहानगरले कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनलाई प्राथमिकतामा राखेको छ । तुलसीपुरको अभियान, छोरीलाई विशेष सुरक्षा र सम्मान, स्मार्ट छोरी बिहेवारी २० वर्ष पारी कार्यक्रमलाई पनि प्राथमिकता दिई आवश्यक बजेट विनियोजन गरेको छ । 

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ४ : ४० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै