सिरहाका हुलाक कर्मचारी आन्दोलित « Khabarhub

सिरहाका हुलाक कर्मचारी आन्दोलित


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सिरहा– सरकारले जारी गरेको २०८०-०८१ बजेट वक्तव्यमा अतिरिक्त हुलाक कार्यालय खारेजीको घोषणा भएपछि सिरहाका हुलाक कर्मचारीहरू आन्दोलित भएका छन्। हुलाकलाई व्यवस्थापन गरी आफ्नो पेसाको सुरक्षा ग्यारेन्टी गर्न माग गर्दै आइरहेका अतिरिक्त हुलाकका कर्मचारीहरूले माग सुनुवाइ नभएको भन्दै जिल्लास्थित हुलाक कार्यालयमा तालाबन्दी गरेका हुन्। 

हुलाक कर्मचारीहरूले अतिरिक्त हुलाक खारेजको निर्णय फिर्ता गर, लामो समयदेखि कार्यरत कर्मचारी खारेज गर्न पाइँदैन,  हुलाकको संरचना खारेज हैन यसको सेवाको पुनर्स्थापना गरलगायतका प्लेकार्डसहित नाराबाजी गर्दै सिरहाबजार परिक्रमा गरेका थिए। परिक्रमापछि आन्दोलनरत कर्मचारीहरूले जिल्ला हुलाक कार्यालयमा तालाबन्दी गरेका हुन् ।  

सरकारले अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरूलाई पुरै जीवन सेवामा व्यतीत गरेपनि कुनै सुविधा निश्चित नगरी खारेज गर्न खोजिएको अतिरिक्त हुलाक कर्मचारी एशोसिएसनका जिल्ला अध्यक्ष रमेश श्रेष्ठले बताए। ‘२०३४ सालमा स्थापना भएको अतिरिक्त हुलाक कार्यालय स्थापनाको ४६ वर्षसम्म सेवा गरेका कर्मचारीलाई विना सेवासुविधा निकाल्नु अति नै दुःखद कुरा हो,’ श्रेष्ठले भने । 

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ४ : ४८ बजे

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को

विश्वकप पावर र्‍याङ्किङमा स्पेन शीर्ष स्थानमा, अर्जेन्टिना तेस्रोमा झर्‍यो

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ चरण सुरु

मोरङ विद्युतीय रिक्सा दुर्घटनामा महिलाको मृत्यु

मोरङ – मोरङको लेटाङ नगरपालिकामा आज दिउँसो विद्युतीय रिक्सा दुर्घटना

इरानमा तीन दशक शासन चलाएका आयातोल्लाह अली खामेनेईको अन्त्येष्टि सुरु

काठमाडौं- तीन दशकभन्दा बढी समयसम्म शासन गरी इरानलाई मध्यपूर्वको राजनीतिमा