सर्वोच्चद्वारा अदालतको अवहेलनासम्बन्धी मुद्दामा मेयर बालेनसँग लिखित जवाफ माग | Khabarhub Khabarhub

सर्वोच्चद्वारा अदालतको अवहेलनासम्बन्धी मुद्दामा मेयर बालेनसँग लिखित जवाफ माग


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ माग गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मेयर बालेनविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दामा अन्तरिम आदेश जारी गर्दै लिखित जवाफ माग गरेको हो ।

यसअघि मेयर बालेनले अदालतको आदेश नमान्ने भनी अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता वर्षा झाले सर्वोच्चमा मुद्दा दायर गरेकी थिइन् ।

मेयर बालेनले भारतीय फिल्म ‘आदिपुरुष’ को प्रदर्शनलाई लिएर हल सञ्चालकले दायर गरेको मुद्दामा पाटन उच्च अदालतको आदेश नमान्ने बताएका थिए । उनले सामाजिक सञ्जालमार्फत् आफू जुनसुकै सजाय भोग्न तयार रहेको तर उक्त फिल्म चल्न नदिने अडान लिएका थिए ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ५ : ४९ बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने