सर्वोच्चद्वारा अदालतको अवहेलनासम्बन्धी मुद्दामा मेयर बालेनसँग लिखित जवाफ माग « Khabarhub

सर्वोच्चद्वारा अदालतको अवहेलनासम्बन्धी मुद्दामा मेयर बालेनसँग लिखित जवाफ माग


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ माग गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मेयर बालेनविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दामा अन्तरिम आदेश जारी गर्दै लिखित जवाफ माग गरेको हो ।

यसअघि मेयर बालेनले अदालतको आदेश नमान्ने भनी अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता वर्षा झाले सर्वोच्चमा मुद्दा दायर गरेकी थिइन् ।

मेयर बालेनले भारतीय फिल्म ‘आदिपुरुष’ को प्रदर्शनलाई लिएर हल सञ्चालकले दायर गरेको मुद्दामा पाटन उच्च अदालतको आदेश नमान्ने बताएका थिए । उनले सामाजिक सञ्जालमार्फत् आफू जुनसुकै सजाय भोग्न तयार रहेको तर उक्त फिल्म चल्न नदिने अडान लिएका थिए ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ५ : ४९ बजे

अर्थमन्त्री वाग्ले दोहा प्रस्थान

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले दोहा प्रस्थान गरेका छन् ।

आजका समाचार : प्रधानमन्त्री शाह स्वदेश फिर्ता, परराष्ट्रमन्त्री अमेरिकामै, देशभर अविरल वर्षा र साउदी अरबमाथि हुथी आक्रमण तीव्र

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता संयुक्त राष्ट्रसंघको

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको