दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

दिनभर आज ललिता निवास प्रकरणमा सात जना पक्राउ, संवैधानिक व्यवस्थाअनुसार न्यायाधीश नियुक्त गरिने, यात्रुको बिदाइ तथा स्वागतमा तीन जना मात्रै जान पाउने, जिल्ला निर्वाचन कार्यालय खारेज नहुने, मन्त्रालयले सोध्यो उड्डयन प्राधिकरणका महानिर्देशकलाई स्पष्टीकरणलगायतका समाचारले प्रमुख स्थान पाए ।

ललिता निवास प्रकरणमा सात जना पक्राउ

ललिता निवास जग्गा प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले सात जना पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले मालपोत कार्यालय, डिल्लीबजारका पूर्व खरिदार गोपाल कार्कीलगायत अहिलेसम्म ६ जना पक्राउ परिसकेका छन् ।

संवैधानिक व्यवस्थाअनुसार न्यायाधीश नियुक्त गरिने

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संवैधानिक व्यवस्थाअनुसार नै न्यायाधीशहरू नियुक्त गरिने जानकारी दिएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै उनले संवैधानिक व्यवस्थाअनुसार नै न्यायाधीश नियुक्त गरिने जवाफ दिएका हुन् ।

यात्रुको बिदाइ तथा स्वागतमा तीन जना मात्रै जान पाउने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब एउटा यात्रुको बिदाइ तथा स्वागतका लागि तीन जनामात्रै जान पाइने भएको छ ।

विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय ट्रमिनल भवनपरिसरमा भीडभाड बढेपछि हवाई सुरक्षा जोखिमलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताएका छन् । सम्भावित हवाई सुरक्षा जोखिमलाई मध्यनजर गर्दै विमानस्थल सुरक्षा समितिले एक जनाका लागि तीन जना मात्रै जान पाउने निर्णय गरेको हो ।

जिल्ला निर्वाचन कार्यालय खारेज नहुने

अर्थमन्त्री प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालयहरूलाई खारेज गर्ने निर्णय सरकारले कार्यान्वयन नगर्ने बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले जिल्ला निर्वाचन कार्यालय अहिले जसरी सञ्चालन भइरहेका छन् त्यसरी नै चल्न दिने र निर्वाचन आयोगले जसरी चलाउन खोजेको छ त्यसअनुसार गर्नका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

मन्त्रालयले सोध्यो उड्डयन प्राधिकरणका महानिर्देशकलाई स्पष्टीकरण

सरकारको नीतिविपरीत चलेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोधेको छ ।

मन्त्रालयले महानिर्देशक अधिकारीलाई सात दिनभित्र स्पष्टीकरणसहित प्रस्तुत हुन निर्देशन दिएको हो ।

विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर लागू गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयका शैक्षिक गतिविधि निर्धारित समयमै हुनुपर्ने बताउँदै शैक्षिक क्यालेन्डर दृढतापूर्वक लागू गर्न निर्देशन दिएका छन् ।

मंगलबार दिउँसो त्रिभुवन विश्वविद्यालय सभाको ६४ औँ वार्षिक दिवस बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा गर्नु विश्वविद्यालयका पदाधिकारीहरूको आधारभूत दायित्व भएकोसमेत स्मरण गराए ।

 

 

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ८ : ५९ बजे

ब्रेक सु र विद्युतीय सामानमा लुकाएर पौने चार अर्बको सुन तस्करी

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विद्युतीय सामाग्री

झलनाथको च्याप्टर क्लोज, माधव नेपाल सर्वसम्मत अध्यक्ष  हुनुपर्ने तर्क 

काठमाडौं– नेकपा एकीकृत समाजवादीको महाधिवेशन आइतबारबाट काठमाडौंमा सुरु भएको छ

म्याग्दीका किसान टिम्मुरखेतीतर्फ आकर्षित

गलेश्वर– म्याग्दीको बेनी नगरपालिका–३ मुसुङका लालबहादुर घर्ती यतिखेर खेतमा रोपाइँ

खानीखोलाका कफी उत्पादक कृषकलाई अनुदान

धुलिखेल– काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले कफी उत्पादक कृषकलाई अनुदान उपलब्ध गराएको

कांग्रेस नेता जितेन्द्रनारायण देव एमाले प्रवेश

काठमाडौँ– पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता जितेन्द्रनारायण देव नेकपा एमालेमा