एन्फाको कार्यसमिति बैठक साउन १९ गतेलाई आह्वान « Khabarhub

एन्फाको कार्यसमिति बैठक साउन १९ गतेलाई आह्वान


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक साउन १९ गतेका लागि आह्वान गरिएको छ । बैठक सातदोबाटोस्थित एन्फा मुख्यालयमा विहान ११ बजे बस्ने बताइएको छ ।

एन्फा महासचिव किरण राईले कार्यसमिति सदस्यलाई बोर्ड बैठकमा छलफल गर्न एजेन्डासहित मिति, स्थान र समयको निर्धारण गरेका हुन् ।

बैठकका लागि विविधसहित ११ एजेन्डा तय गरिएको छ । एन्फाको विधानअनुसार एकसाता अघि नै अध्यक्षले एजेन्डा सहित बैठक र मिति टुंगो लगाउनु पर्ने प्रक्रिया छ ।

बैठकमा एन्फाको आपतकालिन समितिको बैठकले गरेका निर्णयहरु अनुमोदन गर्ने, महिला फ्रेन्चाइज लिग, जिल्ला साथै सहिद स्मारक ‘‘ए’ ‘बी’ र ‘सी‘ डिभिजन लिगको नियमावली, लेखा परिक्षणका विषयमा छलफल हुनेछ ।

यस्तै, खरिद् तथा मुख्याङ्कन समिति, राष्ट्रिय खेलाडीको औषधी उपचारको भुक्तानी, एन्फा कर्मचारीको सेवा सुविधा बृद्धि, थ्री नेसन्स कप विजेतालाई पुरस्कार र साफ यु१९ च्याम्पियनसिप आयोजनाबारे छलफल गरिने जानकारी गराइएको छ ।

पछिल्लो पटक एन्फाको आपतकालिन बैठक वैशाख २५ गते बसेको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  ९ : ०७ बजे

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा २९ डाक्टर र १५ इन्जिनियर निर्वाचित

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ

राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश, एक विधेयक

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश र एक विधेयक जारी

कांग्रेस सभापतिको शपथग्रहण फूलपातीका दिन, अन्यको दशैँपछि

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको

ककरोच जनता पार्टीका दिपके फेरि पक्राउ

काठमाडौं- ककरोच जनता पार्टीका प्रमुख अभिजीत दिपके फेरि पक्राउ परेका

दसैँ बिदामा पनि टेकु अस्पताल खुला रहने

काठमाडौँ – काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले