एन्फाको कार्यसमिति बैठक साउन १९ गतेलाई आह्वान « Khabarhub

एन्फाको कार्यसमिति बैठक साउन १९ गतेलाई आह्वान


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक साउन १९ गतेका लागि आह्वान गरिएको छ । बैठक सातदोबाटोस्थित एन्फा मुख्यालयमा विहान ११ बजे बस्ने बताइएको छ ।

एन्फा महासचिव किरण राईले कार्यसमिति सदस्यलाई बोर्ड बैठकमा छलफल गर्न एजेन्डासहित मिति, स्थान र समयको निर्धारण गरेका हुन् ।

बैठकका लागि विविधसहित ११ एजेन्डा तय गरिएको छ । एन्फाको विधानअनुसार एकसाता अघि नै अध्यक्षले एजेन्डा सहित बैठक र मिति टुंगो लगाउनु पर्ने प्रक्रिया छ ।

बैठकमा एन्फाको आपतकालिन समितिको बैठकले गरेका निर्णयहरु अनुमोदन गर्ने, महिला फ्रेन्चाइज लिग, जिल्ला साथै सहिद स्मारक ‘‘ए’ ‘बी’ र ‘सी‘ डिभिजन लिगको नियमावली, लेखा परिक्षणका विषयमा छलफल हुनेछ ।

यस्तै, खरिद् तथा मुख्याङ्कन समिति, राष्ट्रिय खेलाडीको औषधी उपचारको भुक्तानी, एन्फा कर्मचारीको सेवा सुविधा बृद्धि, थ्री नेसन्स कप विजेतालाई पुरस्कार र साफ यु१९ च्याम्पियनसिप आयोजनाबारे छलफल गरिने जानकारी गराइएको छ ।

पछिल्लो पटक एन्फाको आपतकालिन बैठक वैशाख २५ गते बसेको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  ९ : ०७ बजे

भारतमा १२ वर्षीय नेपाली बालक मृत भेटिए, मिर्गौला झिकेर हत्या गरेको आशंका

काठमाडौं– अछामको ढकारी गाउँपालिका–२ फाँटाबगर घर भई हाल भारतको पुना

प्रधानमन्त्रीसमक्ष जेन-जी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौं– जेन-जी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण

२५ केन्द्रीय सदस्य पदका लागि यी यस्ता छन् युवा आंकाक्षी 

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि

तेस्रोमा सीमित बन्यो विराटनगर, फाइनलमा लुम्बिनीले सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बिहीबार