घरको कुन ठाउँमा कस्तो रङ्ग प्रयोग गर्ने ?  « Khabarhub

घरको कुन ठाउँमा कस्तो रङ्ग प्रयोग गर्ने ? 


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

हामी सबैको चासो रहेको विषय आफ्नो घरमा सुख, शान्ति र समृद्धि होस् भन्ने हो । सबैको आफ्नो घरलाई राम्रो होस् भन्ने चाहना हुन्छ ।

घरलाई बाहिरी रूपमा वा भित्री रूपमा सबैभन्दा बढी सुन्दर देखाउने भनेको घरको बनावट र रङ्ग हो । हुन त जस्तो बनावट भएको घरमा पनि मिलाएर रङ्ग लगाउन सकियो भने अति नै सुन्दर देखिन्छ ।

वास्तुशास्त्रमा पनि घरमा कस्तो रङ्ग लगाउँदा सुन्दर हुन्छ भन्ने कुरा उल्लेख गरिएको छ ।

के तपाईँ पनि घरमा रङ्ग लगाउने तयारीमा हुनुहुन्छ ? आज हामी घरमा कस्तो रङ्ग लगाउँदा राम्रो हुन्छ भन्नेबारेमा जानकारी गराउँदै छौँ ।

वास्तुशास्त्रअनुसार घर बनाउँदा जहिले पनि निलो, पहेँलो, आकाशे, गुलाबी र हरियो रङ्गको प्रयोग गर्नु राम्रो मानिन्छ । किनकि यी रङ्गलाई सत्त्वगुण प्रधान मानिन्छ । रङ्गलाई वास्तुशास्त्र अनुसार तीन भागमा विभाजन गरिएको हुन्छ । जसमा सत्व, रज र तम गुण प्रधान ।

एउटा कुरा ख्याल गर्नुहोस् घरमा कालो रङ्गको प्रयोग गर्नु हुँदैन किनभने यो रङ्ग तम गुण प्रदान हो । यस्तै, रातो रङ्गको प्रयोग पनि शुभ मानिँदैन । रातो रङ्ग रजोगुण प्रधान हो ।

बच्चाहरूको पढ्ने लेख्ने कोठामा पहेँलो कलर लगाउँदा राम्रो हुन्छ । किनभने पहेँले रङ्ग भनेको तपस्या र साधनाको प्रतीक हो ।

घरका बैठक कोठामा सेतो, गुलाबी वा पहेँले रङ्गको प्रयोग गर्दा राम्रो हुन्छ । सुत्ने कोठामा आकाशे, गुलाबी वा हरियो रङ्ग प्रयोग गर्न सकिन्छ ।

भान्छामा हरियो गुलाबी र पहेँले रङ्ग प्रयोग गर्न सकिन्छ । कुनै घरमा दीर्घ बिरामीहरू छन् भने त्यो घरमा सेतो र निलो रङ्ग मिलाएर लगाउँदा राम्रो हुन्छ ।

त्यसैगरी बाथरुममा वा नुहाउने कोठामा सेतो पहेँलो र आकाशे रङ्ग लगाउँदा राम्रो हुन्छ । 

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ६ : ३३ बजे

पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग छलफल सिडिसी

भक्तपुर– पाठ्यक्रम विकास केन्द्र (सिडीसी)ले विद्यालय शिक्षामा पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका

वर्षमानले मागे- गणेश नेपालीको आत्मदाहको घटनामा सरकारको धारणा 

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गणेश नेपालीको आत्मदाहको घटनामा सरकारको

सांसद महरले संसद्‌मै लगाए ‘यो सरकार मुर्दावाद’ को नारा

काठमाडौं– नेकपा एमालेका सांसद् ऐन महरले आत्मदाह प्रयासपछि उपचारका क्रममा

राष्ट्रियसभाको बैठक सुरु,यस्तो छ कार्यसूची

काठमाडौं– राष्ट्रियसभाको बैठक प्रारम्भ भएको छ । संसद् सचिवालयले जारी

बालेन यसअघि मेयर भएका कारण यो सहरमा गरिब बाँच्न नपाउने भए : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र