आम मानिसमा वित्तीय साक्षरता फैलाउन जरुरी : गर्भनर अधिकारी | Khabarhub Khabarhub

आम मानिसमा वित्तीय साक्षरता फैलाउन जरुरी : गर्भनर अधिकारी


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैँकका गर्भनर महाप्रसाद अधिकारीले प्रविधिको विकाससँगै आम मानिसमा वित्तीय साक्षरता बढाउन जरुरी रहेको बताएका छन् ।

नेपाल टेलिभिजनबाट हरेक शुक्रबार साँझ ७ः२५ बजे सञ्चालन हुने वित्तीय साक्षरता टेलिभिजन कार्यक्रम सुरुआत गर्दै गभर्नर अधिकारीले कम्युटर र मोबाइलमार्फत हुने भुक्तानी बढ्दै गएको अवस्थामा आम जनमानसमा पनि वित्तीय साक्षरता बढाउन आवश्यक रहेको धारणा राखे । 

‘प्रविधिको विकाससँगै बैंक तथा वित्तीय क्षेत्रले नयाँ सेवा सुरुआत गरेका छन्, ती सेवा र विशेषताबारे आम जनमानसबीच जानकारी गराउनका लागि वित्तीय साक्षरता कार्यक्रमले सहयोग पुग्ने विश्वास नेपाल राष्ट्र बैँकले लिएको छ’, उनले भने । 

बैँक र व्यवसायीबीचको असमझदारी कम गर्न पनि यस्ता कार्यक्रम सहयोगी बन्ने उनको भनाइ छ । राष्ट्र बैँकले वित्तीय साक्षरतासम्बन्धी नयाँ मार्गनिर्देशन तयार गरेर अगाडि बढेको जानकारी दिए। 

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले वित्तीय साक्षरताको ज्ञान अभावका कारण बैँक तथा वित्तीय क्षेत्रलाई आम जनमानसले हेर्ने दृष्टिकोण नकारात्मक भएको बताए । उनले वित्तीय क्षेत्रको बारेमा आम जनमानसलाई ज्ञान दिनसके देशको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

अध्यक्ष ढकालले पछिल्लो समय रेमिट्यान्स बढ्नु, नेपालमा विदेशी पर्यटकको आगमन बढ्नु, बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउँदै लैजानु अर्थतन्त्रका लागि सकारात्मक विषय भएको बताए । 

नेपाल बैँकर्स सङ्घका अध्यक्ष सुनिल केसीले देशभर वित्तीय साक्षरता पुर्‍याउन सके बैंक र उद्योग क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । आम जनमानसलाई वित्तीय साक्षरता बारेमा जानकारी दिनु जरुरी रहेको उनको भनाइ थियो ।

अध्यक्ष केसीले बैंक तथा वित्तीय क्षेत्रले वार्षिक रु ४० अर्ब राजश्व बुझाउने गरेको र झण्डै एक लाख जनतालाई रोजगार प्रदान गरेको जानकारी दिए ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  १२ : ४६ बजे

मुलुकको अर्थतन्त्र लयमा फर्कँदै छ : एमाले महासचिव पोखरेल

काठमाडौं– नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले तहसनहस भएको मुलुकको अर्थतन्त्र विस्तारै

भारतले इरानबाट उद्धार गरिदिएका दुई नेपाली नयाँदिल्ली आइपुगे

काठमाडौं- भारतको सहयोगमा युद्धग्रस्त इरानबाट उद्धार गरिएका दुईजना नेपाली नयाँदिल्ली

गण्डकी प्रदेशसभा सदस्य पौडेलको अभिव्यक्तिप्रति थापाको आपत्ति, विभेदकारी भनाइ हटाउन माग

पोखरा– गण्डकी प्रदेशसभाको चालु अधिवेशनमा आर्थिक वर्ष २०८२/२०८३ को मन्त्रालयगत छलफलका

गुराँस गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक, १८ गौरवका योजना समावेश

सुर्खेत– दैलेखको गुराँस गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ

युद्धविराम घोषणापछि इरानमाथि ‘अनावश्यक आक्रमण’ले नेतन्याहूसँग रिसले आगो भए ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच भएको युद्धविराम