आम मानिसमा वित्तीय साक्षरता फैलाउन जरुरी : गर्भनर अधिकारी « Khabarhub

आम मानिसमा वित्तीय साक्षरता फैलाउन जरुरी : गर्भनर अधिकारी


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैँकका गर्भनर महाप्रसाद अधिकारीले प्रविधिको विकाससँगै आम मानिसमा वित्तीय साक्षरता बढाउन जरुरी रहेको बताएका छन् ।

नेपाल टेलिभिजनबाट हरेक शुक्रबार साँझ ७ः२५ बजे सञ्चालन हुने वित्तीय साक्षरता टेलिभिजन कार्यक्रम सुरुआत गर्दै गभर्नर अधिकारीले कम्युटर र मोबाइलमार्फत हुने भुक्तानी बढ्दै गएको अवस्थामा आम जनमानसमा पनि वित्तीय साक्षरता बढाउन आवश्यक रहेको धारणा राखे । 

‘प्रविधिको विकाससँगै बैंक तथा वित्तीय क्षेत्रले नयाँ सेवा सुरुआत गरेका छन्, ती सेवा र विशेषताबारे आम जनमानसबीच जानकारी गराउनका लागि वित्तीय साक्षरता कार्यक्रमले सहयोग पुग्ने विश्वास नेपाल राष्ट्र बैँकले लिएको छ’, उनले भने । 

बैँक र व्यवसायीबीचको असमझदारी कम गर्न पनि यस्ता कार्यक्रम सहयोगी बन्ने उनको भनाइ छ । राष्ट्र बैँकले वित्तीय साक्षरतासम्बन्धी नयाँ मार्गनिर्देशन तयार गरेर अगाडि बढेको जानकारी दिए। 

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले वित्तीय साक्षरताको ज्ञान अभावका कारण बैँक तथा वित्तीय क्षेत्रलाई आम जनमानसले हेर्ने दृष्टिकोण नकारात्मक भएको बताए । उनले वित्तीय क्षेत्रको बारेमा आम जनमानसलाई ज्ञान दिनसके देशको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

अध्यक्ष ढकालले पछिल्लो समय रेमिट्यान्स बढ्नु, नेपालमा विदेशी पर्यटकको आगमन बढ्नु, बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउँदै लैजानु अर्थतन्त्रका लागि सकारात्मक विषय भएको बताए । 

नेपाल बैँकर्स सङ्घका अध्यक्ष सुनिल केसीले देशभर वित्तीय साक्षरता पुर्‍याउन सके बैंक र उद्योग क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । आम जनमानसलाई वित्तीय साक्षरता बारेमा जानकारी दिनु जरुरी रहेको उनको भनाइ थियो ।

अध्यक्ष केसीले बैंक तथा वित्तीय क्षेत्रले वार्षिक रु ४० अर्ब राजश्व बुझाउने गरेको र झण्डै एक लाख जनतालाई रोजगार प्रदान गरेको जानकारी दिए ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  १२ : ४६ बजे

अत्यावश्यकबाहेक यात्रा नगर्न चितवन प्रशासनको अनुरोध

चितवन – निरन्तर भइरहेको वर्षाका कारण हुनसक्ने सम्भावित बाढीपहिरोको जोखिमलाई

निरन्तर वर्षाले नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध, यात्रा नगर्न आग्रह

चितवन – निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार साँझदेखि पूर्ण

३७ खर्ब ५५ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति, १९ महिनालाई आयात धान्न पुग्ने

काठमाडौं – चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालमा वैदेशिक मुद्राको

हर्मुज जलमार्ग रक्षा गर्नका लागि अमेरिकालाई ‘भुक्तानी’ मिल्ने राष्ट्रपति ट्रम्पको दावी

वासिङ्गटन – संयुक्त राज्य अमेरिकाले रणनीतिक महत्वको हर्मुज जलडमरूमध्य (हर्मुज

शिक्षा मन्त्रालयद्वारा ‘होल्डिङ सेन्टर’ का विद्यार्थीलाई राहत सामग्री वितरण

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरको खरिपाटी र बोडेस्थित