कतारमा किरात लिपि प्रशिक्षण कार्यक्रम सम्पन्न « Khabarhub

कतारमा किरात लिपि प्रशिक्षण कार्यक्रम सम्पन्न


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

दोहा– कतारमा कार्यरत रहेका किरातीहरूलाई मध्यनजर गर्दै किरात राई यायोक्खा शाखा कतारले किरात लिपि प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ ।

कतारको रेड चिल्ली रेस्टुरेन्टको सभाहलमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा किरात सिरिजङ्गा लिपिमा आफ्नो मौलिक लिपि सिक्न प्रशिक्षार्थी भएर सहभागी भई व्यवहारित रूपमा आफ्नो भाषा लिपि प्रयोग गर्नुपर्नेमा जोड दिइएको किरात राई यायोक्खा शाखा कतारका सल्लाहकार जैबी राई चाम्लिङले जानकारी दिए ।

प्रशिक्षणले आफ्नै भाषा लिपि संस्कार संस्कृति मौलिक भेषभुषाको किरात राईहरूले निरन्तर संरक्षण गर्न उत्प्रेरित गर्ने अपेक्षा गरिएको सल्लाहकार चाम्लिङले बताए । प्रशिक्षण एवं सहजकर्ताको भूमिका निभाउदै एकराज राईले ऐतिहासिकता, पहिचान र किराती सभ्यताको निरन्तरताको हिसाबले ‘किरात सिरिजंगा लिपि’ को प्रयोग गर्नु उपयुक्त हुने बताए । 

पछिल्लो समय किरात राई यायोक्खा शाखा कतार ‘किरात सिरिजंगा लिपि’लाई साझा लिपिका रूपमा विकास गर्न जुटेको हो । लिपि प्रशिक्षण कार्यक्रममा उत्साहजनक सहभागी जनाएको भन्दै संस्थाले कतारमा कार्यरत किरात राई दाजुभाइ दिदिबहिनीहरुप्रति आभार प्रकट गरेको छ ।

कार्यक्रममा प्रमुख सल्लाहकार विमल राई, सस्थापक सदस्य तथा पूर्वअध्यक्ष अमृतकुमार राई पूर्व अध्यक्ष तथा सल्लाहकार धिरज राई सल्लाहकारहरू देवराज राई , तिर्थसङ्गम राइ,  छप्पन राई , ननिन्द्र राई , जैबी राई चाम्लिङ नछुङ धर्मराज राई सिलिमोपा, पदम बहादुर राइ लगायतले भाषा र लिपिका बारेमा आ-आफ्नो भनाइ राखेका थिए।

किरात राई यायोक्खा कतार शाखाका अध्यक्ष शंकरमान राइको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको उक्त कार्यक्रममा ४० भन्दा बढी किरात राई दाजुभाइ दिदीबहिनीहरूले प्रशिक्षणमा सहभागी जनाएका थिए । पहिलो चरणको प्रशिक्षण सकिएसँगै आगामी १ सेप्टेम्बर दोस्रो चरणको प्रशिक्षण कार्यक्रम सँगसँगै स्थापना दिवस समेत मनाउँदै कार्यक्रम समापन गरिने बताईएको छ । 

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ५ : १२ बजे

सरकारका प्रवक्ता पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेट

काठमाडौँ, २ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवम् सरकारका

आज अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइँदै

काठमाडौँ– आज अन्तर्राष्ट्रिय आरोग्य दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।

लागूऔषधसहित १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

परराष्ट्र सम्बन्धमा प्रयोग गरिएका शब्दप्रति प्रदीप ज्ञवालीको आपत्ति, ‘सावधानी अपनाउन सरकारलाई सुझाव’

काठमाडौँ – नेकपा एमालेका नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले

टुँडिखेलमा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइँदै

काठमाडौँ– आज अन्तर्राष्ट्रिय आरोग्य दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।