अस्थीरता चाहने केही तत्वले देशलाई जातीय र धार्मिक द्वन्द्वमा धकेल्ने प्रयास गरे : नेता कोइराला « Khabarhub

अस्थीरता चाहने केही तत्वले देशलाई जातीय र धार्मिक द्वन्द्वमा धकेल्ने प्रयास गरे : नेता कोइराला


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशलाई जातीय र धार्मिक द्वन्द्वमा धकेल्ने प्रयास भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

सुनसरीको धरानमा आयोजित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले अस्थीरता चाहने केही तत्वहरुले देशलाई जातीय र धार्मिक द्वन्द्वमा धकेल्ने प्रयास गरिरहेको बताएका हुन् ।

उनले देशमा साम्प्रदायिक द्वन्द्वको बिजारोपण गरेर सामजिक र धार्मिक सद्भाव बिथोल्न खोजिएको भन्दै आफूहरुलाई त्यो कदापी स्वीकार्य नभएको बताए ।

उनले संविधानमा हरेक भाषाभाषी र जातजातिलाई आफ्नो धर्म मान्न पाउने अधिकार रहेको भन्दै धर्मका नाममा गरिने राजनीति बन्द हुनुपर्ने जिकिर गरे ।

उनले कुनै उत्तेजना र बहकाउमा नलाग्नसमेत धरानवासीलाई आह्वान गरे । जातीय र धार्मिक सद्भाव कायम गर्दै संयमित हुन आग्रह गर्दै नेता कोइरालाले साम्प्रदायिक हिंसा फैलिए त्यसको ज्वाला देशैभर फैलिने चेतावनी दिए ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ५ : ४७ बजे

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही– राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित