हिउँ चितुवा र याक संरक्षणका लागि मैत्रीपूर्ण फुटबल हुने | Khabarhub Khabarhub

हिउँ चितुवा र याक संरक्षणका लागि मैत्रीपूर्ण फुटबल हुने


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हिउँ चितुवा र याकको संरक्षणका लागि मनाङका विभिन्न स्थानमा मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । बायोकोस नेपाल र एन्ट फाउण्डेशनको संयुक्त आयोजना तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा उक्त मैत्रीपूर्ण फुटबल खेल खेल्न लागिएको आज यहाँ आयोेजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

स्थानीयवासीले मनाङमा गरेको प्रकृति संरक्षणलाई सम्मान गर्दै स्थानीय युवाहरूलाई संरक्षणमा लागिरहन अभिप्रेरित गर्ने, मानव र वन्यजन्तुबीच सहअस्तित्व कायम गर्ने, जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारिरहेको असर बारेमा सूचीत गर्ने र पर्यापर्यटन प्रवर्द्धनमा प्रोत्साहन गर्ने उद्देश्यका साथ उक्त खेल हुन लागेको आयोजकले जनाएको छ ।

हिमालको काखमा रमाएर बस्ने हिउँ चितुवाले हिमालको पारिस्थितिक प्रणालीलाई सन्तुलन राख्न महत्त्वपूर्ण भूमिका खेल्ने मात्र होइन यसको बासस्थान जलवायु परिवर्तनको असर मापन गर्ने सूचक पनि हो ।

यही भदौ २५ देखि २७ गतेसम्म मनाङको तिमाङ, पिसाङ र मुङ्जीमा अवस्थित फुटबल मैदानहरूमा खेल हुने एन्ट फाउण्डेशनका अध्यक्ष प्रशान्त ताम्राकारले जानकारी दिए । सेलिब्रेटी टिम हिमालयन स्नो लेपर्ड (राष्ट्रिय स्तरका ख्यातिप्राप्त खेलाडीहरू, कलाकार, गायक, विभिन्न सौन्दर्य प्रतियोगिताका विजेताहरू) र स्थानीय खेलाडी टिम कान्जिसरा याक, पिसाङ याक र मनाङ याक (स्थानीय युवाहरू) बीच खेल हुनेछ ।

मैत्रीपूर्ण फुटबल खेल यही भदौ २५ गते तिमाङमा, २६ गते पिसाङमा र २७ गते मुङ्जी ब्राकामा अवस्थित फुटबल मैदानमा आयोजना गर्न लागिएको अर्को आयोजक संस्था बायोकोस नेपालका इकोलोजिष्ट पारसविक्रम सिंहले जानकारी दिए ।

हिउँ चितुवा र याक संरक्षण तथा जलवायु परिवर्तनसम्बन्धी जनचेतना जगाउनका लागि मैत्रीपूर्ण फुटबल खेल, स्थानीय आमा समूह, युवा क्लबद्वारा सांस्कृतिक कार्यक्रमको प्रदर्शन, मनाङसम्मको रमणीय यात्रा र विभिन्न उचाइमा रहेका फुटबलका खेल मैदान, हिउँ चितुवा बासस्थानको भ्रमण र अन्तरक्रिया कार्यक्रमका आकर्षण रहेका छन् ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ८ : ४२ बजे

आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै

महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव

काठमाडौं– काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम

कराँतेमा नेपाल किन कमजोर ?

काठमाडौं- क्रिकेटमा नेपाली खेलाडीहरुले विश्वमा राम्रो छवि बनाउन सफल भएता

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बस्दैछ। बैठक दिउँसो सवा १