उद्योग वाणिज्य महासंघको पर्यटन समितिको उपसभापतिमा अच्युत गुरागाईं | Khabarhub Khabarhub

उद्योग वाणिज्य महासंघको पर्यटन समितिको उपसभापतिमा अच्युत गुरागाईं


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को पर्यटन समितिको उपसभापतिमा अच्युत गुरागाईं मनोनित भएका छन् । आइतबार बसेको एफएनसीसीआईको पर्यटन तथा हवाई यातायात समिति बैठकमा महासंघका अध्यक्ष चन्द्र ढकालले गुरागाईंलाई उपसभापतिमा मनोनित भएको पत्र हस्तान्तरण गरेका हुन् ।

समितिको सभापति देशबन्धु बस्नेत (अजित) छन् । आइतबार दिउँसो बसेको पर्यटन समितिको बैठकमा अध्यक्ष ढकालले नेपालको पर्यटनलाई चलायमान बनाउन र देशैभर रहेका पर्यटन व्यवसायीको हितमा समितिले काम गर्नेमा आफु विश्वस्त रहेको बताए ।

एफएनसीसीआईको पर्यटन समितिमा अहिलैसम्मकै उत्कृष्ट सदस्य संयोजन भएको टिम रहेको भन्दै अध्यक्ष ढकालले उपसभापतिमा गुरागाईंको नियुक्तीले नयाँ आशा र विश्वास जगाएको बताए ।

नाट्टाका निवर्तमान अध्यक्षसमेत रहेका गुरागाईंले कोभिड महामारी र आर्थिक मन्दीमा पनि नेपालको आन्तरिक पर्यटन पुनरुत्थान गर्न अग्रमोर्चामा खटिएर काम गरेका थिए ।

पर्यटन व्यवसायीको सबैभन्दा पूरानो छाता संस्था नाट्टालाई काठमाडौँ उपत्यका बाहिर परिचित गराउन र सातै प्रदेशमा समिति गठन गर्न सफल रहेका गुरागाई बुद्धिष्ट इन्टरनेश्नल ट्राभल मार्ट (बीआईटीएम)का संस्थापकसमेत हुन् । यस्तै उनी युवा पर्यटन पत्रकार तथा अभियान्ता प्रेरित नेपाल पर्यटन महोत्सवका प्रमुख सल्लाहकार पनि हुन् ।

बैठकमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) तथा समितिको सल्लाहकारसमेत रहेका डा।धनन्जय रेग्मीले उपसभापतिमा गुरागाईंको मनोनयनले देशैभरका पर्यटन व्यवसायीलाई एकताबद्ध गराएर पर्यटन क्षेत्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

बीआईटीएम, डब्लुटीएम लगायत महत्वपूर्ण कार्यक्रम गरेर नेपालको पर्यटन क्षेत्रलाई निरन्तर सक्रिय बनाइरहेका गुरागाईंले पर्यटन समितिको उपसभापतिको जिम्मेवारीमा रहेर थप सक्रियतापूर्वक काम गर्नेमा आफू विश्वस्त रहेको समेत बताए ।

बैठकमा पर्यटन समितिका सभापति देशबन्धु बस्नेतले नेपालको पर्यटनलाई नयाँ शिराबाट चलायमान बनाउन वर्तमान समिति अग्रसर रहने बताए । केही नयाँ र फरक कार्यक्रमबाट निरन्तर पर्यटन व्यवसायीको हितमा काम गर्ने कार्ययोजना आफूले बनाएकौ भन्दै उनले उपसभापतिमा गुरागाईंको नियुक्तिले समिति थप व्यवस्थित, संगठित र जिम्मेवार बनेको पनि बताए ।

बैठकमा गुरागाईंले आफूले तीन दशकको अनुभव अब पर्यटन समितिलाई जिम्मेवार बनाएर काम गर्ने बताए । उनले बैठकमा पर्यटन व्यवसायलाई उद्योगको मान्यता दिलाउन पहल गर्ने, पर्यटन ऐन जारी गराउन सरकारलाई निर्णायक दबाब दिन सबै व्यवसायीको साझा आवाज लिएर सरकारको ध्यानाकर्षण गराउने पनि बताए ।

पर्यटन क्षेत्रका सबै संस्था र व्यवसायीको हितका लागि आफू निरन्तर लाग्ने र अब पर्यटन समितिमार्फत नै सबै पर्यटन व्यवसायीको एजेन्डा लिएर सरकारसँग मिलेर काम गर्ने र थप कार्यक्रम ल्याउन पहल गर्ने पनि उनले बताए ।

साथै उनले सातै प्रदेशमा पर्यटनको समानुपातिक विकास र वितरणको लागि पर्यटनसम्बद्ध संघ संस्था तथा व्यवसायीहरुको हितका लागि एफएनसीसीआईको नेतृत्वमार्फत सिर्जनात्मक काम गर्ने बताए ।

समितिको अर्को उपसभापतिमा टानका अध्यक्ष निलहरी बास्तोला मनोनित भएका छन् । यस्तै समितिको सदस्यमा हानका अध्यक्ष विनायक शाह, नाराका अध्यक्ष शिव अधिकारी, एनटीभीएका अध्यक्ष कूलप्रसाद न्यौपाने, नाट्टाका अध्यक्ष रमेश थापा, नेपाल पर्यटन बोर्डकी अधिकृत सिर्जना नेपाली र व्यवसायी सचिन ढकाल रहेका छन् ।

यस्तै रेवानका उपाध्यक्ष संघर्ष बिष्ट, पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूतिचन्द ठकूरी, होटल इस्टर्न स्टार विराटनगरका प्रमुख भवेश श्रेष्ठ, एचपीएफएनका निवर्तमान अध्यक्ष अमृत भुजेल, एभरेष्ट ग्रुप अफ कम्पनीका निर्देशक प्रनील प्रधान पनि समितिको आमन्त्रित सदस्य रहेका छन् ।

यस्तै सल्लाहकारमा पर्यटन बोर्डका सीइओ डा. धनन्जय रेग्मी, पर्यटन व्यवसायी शशिकान्त अग्रवाल, विक्रम पाण्डे, उपुल मजुम्दार रहेका छन् ।

समितिको कार्यकाल तीन वर्षको हुनैछ । यसअघि पर्यटन समितिको सभापति ज्योत्सना श्रेष्ठ थिइन् । दुई कार्यकाल पर्यटन समितिको नेतृत्व गरेकी श्रेष्ठ महासंघकी एशोसिएट उपाध्यक्ष हुन् ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ९ : ०९ बजे

सत्तापक्षले सदन कब्जा गर्न खोज्नु लज्जास्पद : पुष्पकुमार शाही

काठमाडौं– नेपाली कांग्रेसका नेता पुष्पकुमार शाहीले सत्ता पक्षबाट नै सदन

भागबन्डा नमिल्दा कोशी सरकार बिस्तार अन्योलमा, आर्थिक मामिलामा अड्कियो हलो

विराटनगर– सत्ता साझेदार दलहरूबीच भागबन्डामा कुरा नमिल्दा कोशी प्रदेशको मन्त्रिमण्डल

कांग्रेसको निर्णय : रविलाई बोल्न दिने, विपक्षीले सामुहिक प्रतिवाद गर्ने

शुक्रबार बिहान आयोजित का‌ंग्रेस संसदीय दलको बैठक काठमाडौं- नेपाली कांग्रेस

संसदीय समिति गठनको मागबाट पछि नहट्ने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले संसदीय समितिको गठनको मागबाट पछि नहट्ने निर्णय

१० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात हुन्छ : प्रधानमन्त्री

काठमाडौं–  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट