कम्युनिष्ट शक्तिबीच कार्यगत एकताको खाँचो छ : माधव नेपाल | Khabarhub Khabarhub

कम्युनिष्ट शक्तिबीच कार्यगत एकताको खाँचो छ : माधव नेपाल


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनप्रतिनिधिले जनताको समस्या केन्द्रित गर्ने संसद् प्रतिपक्षीको कारण राम्रोसँग चल्न नसकेको बताएका छन् ।

समाजवादी प्रेस सङ्गठनको दोस्रो स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले प्रतिपक्षीले गरेको संसद् अवरोध ठीक तथा बेठीक थियो भन्ने समाचार नागरिकलाई सञ्चार जगत्ले प्रवाह गर्नुपर्ने बताए । उनले अहिलेसम्मका राजनीतिक उपलब्धि रक्षाका लागि कम्युनिष्ट शक्तिबीच कार्यगत एकताको खाँचो औँल्याए ।

पूर्वप्रधानमन्त्री नेपालले मुलुकमा नेपाली विशेषताको समाजवाद कार्यान्वयनका लागि सुशासनको प्रत्याभूति, राष्ट्रिय पूँजीको विकास र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्नेमा जोड दिए । उनले राष्ट्रियता संरक्षण, जनअधिकार, वामपन्थी दलमा देखापरेका विचलन र उनीहरूमा पूँजीवादी चरित्रको बढ्दो प्रभाव, विकास हुँदै गएकोमा चिन्ता व्यक्त गरे ।

पार्टीका सम्मानित नेता झलनाथ खनालले नेपाली कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी प्रभाव देखापरेकाले आफ्नो दललाई त्यसबाट मुक्त गर्नुपर्नेमा जोड दिए । पूँजीवादी चरित्रको अन्त्य गर्न आम कम्युनिष्टलाई एकीकृत गर्नुपर्ने भन्दै उनले जनतालाई समाजवादी रूपान्तरणका लागि दिशानिर्देशन गर्न सकिने बताए ।

पार्टी उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सङ्गठन सुदृढीकरण, पार्टीको भावी रणनीति, जनताको सेवा, सुशासन, समाजवादी व्यवस्थाका सम्भाव्यतालगायत विषयमा पत्रकारले कलम चलाउनुपर्ने बताए । सो अवसरमा विभिन्न सङ्गठनका प्रतिनिधिले स्थपना दिवसको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  १० : ०४ बजे

बढ्दै छ ‘साइलेन्ट किलर’ उच्च रक्तचाप जोखिम, कसरी जोगिने ?

काठमाडौं- आज (शुक्रबार) विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रमसहित मनाइँदैछ

चालु आर्थिक वर्षमा सेवा क्षेत्र ४.५ प्रतिशतले वृद्धि हुने

काठमाडौं– नेपाल राष्ट्र बैंकले गरेको तेस्रो मौद्रिक नीतिको समीक्षामा चालु

दूरसञ्चार पूर्वाधारको लागत कम गर्न सहप्रयोगको नीति ल्याउछौँ : मन्त्री शर्मा 

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दूरसञ्चार पूर्वाधारको

मौद्रिक नीतिको समीक्षाप्रति शेयर लगानीकर्ताको धारणा : ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’ 

काठमाडौं– नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको

सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन अन्त्य

काठमाडौं– सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ ।