दक्षिणी रोमानियाको ग्यास स्टेसनमा विस्फोट हुँदा एक जनाको मृत्यु, ५७ घाइते « Khabarhub

दक्षिणी रोमानियाको ग्यास स्टेसनमा विस्फोट हुँदा एक जनाको मृत्यु, ५७ घाइते


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – दक्षिणी रोमानियाको डाम्बोभिटा काउन्टीमा रहेको एक तरलीकृत पेट्रोलियम ग्यास (एलपीजी) स्टेसनमा गएराति भएको दुईवटा विस्फोटमा परी एक जनाको मृत्यु हुनुका साथै ५७ जना घाइते भएको गृह मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

पहिलो विस्फोटमा आठ जना घाइते भएका थिए भने एक जनाको हृदयाघातका कारण मृत्यु भएको थियो । मृतकको शरीरमा कुनै जलेको वा अन्य चोटपटक लागेको थिएन भने अन्य ५० जना दोस्रो विस्फोटमा घाइते भएका हुन् ।

मन्त्रालयले ३९ जना अग्निनियन्त्रक, दुई जना प्रहरी र दुई जना जेन्डरमेसहित अधिकांश घाइते भएको जनाएको छ ।सरकारी समाचार संस्था एगेर्प्रेसका अनुसार स्थानीय र वरपरका काउन्टी र शहरहरूले विस्फोटलगत्तै २० भन्दा बढी दमकल र अग्नि नियन्त्रक रोबोटहरू पठाएका थिए ।

घाइतेहरूलाई तुरुन्तै नजिकैको अस्पतालमा पठाइएको छ । गम्भीर घाइते भएका चार जनालाई राष्ट्रिय रक्षा मन्त्रालयले व्यवस्था गरेको दुईवटा विमानबाट उपचारका लागि बेल्जियम र इटाली पठाइएको थियो ।

विष्फोटको कारण भने खुल्न सकेको छैन । गृह मन्त्रालयको आपतकालीन अवस्था विभागका प्रमुख राएद अराफातले प्रारम्भिक अनुसन्धानमा ग्यास स्टेसनको सञ्चालन अनुमति नभएको भेटिएको बताएका छन् ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  १० : ५५ बजे

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा