एमाले बागमती प्रदेश अधिवेशनमा आजबाट निर्वाचन प्रक्रिया सुरु « Khabarhub

एमाले बागमती प्रदेश अधिवेशनमा आजबाट निर्वाचन प्रक्रिया सुरु


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको बागमती प्रदेश अधिवेशन दुई दिन लम्बिएको छ । हिजोसम्मका लागि निर्धारित अधिवेशन प्रदेशको भावी नेतृत्वमा सहमति हुन नसक्दा दुई दिन लम्बिएको हो ।

अधिवेशन अन्तर्गत आजका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन समितिले आज बिहान ८ बजेदेखि निर्वाचन कार्यक्रम सुरु गर्नेछ । 

तालिकाअनुसार बिहान ९ बजे अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ भने ९ देखि ११ बजेसम्म उम्मेदवारी मनोनयन गरिनेछ । यस्तै अपराह्न ४ बजे उम्मेदवारी फिर्ता लिने समय छुट्याएको निर्वाचन समितिले अपराह्न ५ बजे मात्रै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने जनाइएको छ ।

विद्युतीय मतदानबाट नेतृत्व चयन गर्न लागेको बाग्मती एमालेले भोलि बिहान ११ बजेबाट पार्टी कार्यालय च्यासलमा मतदान हुने जनाएको छ । अधिवेशनमा ११ सय ७४ मतदाता रहेका छन् । 

यसअघि हिजो भएको बन्द सत्रमा विभिन्न १६ वटा प्रस्ताव सहितका सांगठनिक, राजनीति र आर्थिक प्रतिवेदन पारित भएका छन् ।

बन्द सत्रमा प्रस्तुत गरिएका प्रतिवेदन माथि विभिन्न सातवटा समूह बनाएर छलफल गरिएको थियो । बन्दसत्रमा प्रस्तुत प्रतिवेदन सुझाव सहित पारित भएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ७ : ३४ बजे

यूजीसीका नयाँ नियममाथि सर्वोच्च अदालतको रोक

काठमाडौं– भारतको सर्वोच्च अदालतले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले उच्च

एनआरएन १२औँ विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन

काठमाडौं– गैरआवासीय नेपाली संघ(एनआरएनए)को १२औँ विश्व सम्मेलनको तयारीका लागि परराष्ट्र

अस्थायी मतदाता विवरण पनि संकलन हुँदै

दमौली– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

राजनीतिक दाउमा कलाकार : प्रत्यक्षदेखि समानुपातिकसम्म चुनौती

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यसपटक

आचारसंहिता पालन गर्ने दल र उम्मेदवारको प्रतिबद्धता

नेपालगन्ज– तीन निर्वाचन क्षेत्र भएको बाँकेमा आचारसंहिता पालनासम्बन्धी बैठक सम्पन्न