एमाले बागमती प्रदेश अधिवेशनमा आजबाट निर्वाचन प्रक्रिया सुरु « Khabarhub

एमाले बागमती प्रदेश अधिवेशनमा आजबाट निर्वाचन प्रक्रिया सुरु


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको बागमती प्रदेश अधिवेशन दुई दिन लम्बिएको छ । हिजोसम्मका लागि निर्धारित अधिवेशन प्रदेशको भावी नेतृत्वमा सहमति हुन नसक्दा दुई दिन लम्बिएको हो ।

अधिवेशन अन्तर्गत आजका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन समितिले आज बिहान ८ बजेदेखि निर्वाचन कार्यक्रम सुरु गर्नेछ । 

तालिकाअनुसार बिहान ९ बजे अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ भने ९ देखि ११ बजेसम्म उम्मेदवारी मनोनयन गरिनेछ । यस्तै अपराह्न ४ बजे उम्मेदवारी फिर्ता लिने समय छुट्याएको निर्वाचन समितिले अपराह्न ५ बजे मात्रै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने जनाइएको छ ।

विद्युतीय मतदानबाट नेतृत्व चयन गर्न लागेको बाग्मती एमालेले भोलि बिहान ११ बजेबाट पार्टी कार्यालय च्यासलमा मतदान हुने जनाएको छ । अधिवेशनमा ११ सय ७४ मतदाता रहेका छन् । 

यसअघि हिजो भएको बन्द सत्रमा विभिन्न १६ वटा प्रस्ताव सहितका सांगठनिक, राजनीति र आर्थिक प्रतिवेदन पारित भएका छन् ।

बन्द सत्रमा प्रस्तुत गरिएका प्रतिवेदन माथि विभिन्न सातवटा समूह बनाएर छलफल गरिएको थियो । बन्दसत्रमा प्रस्तुत प्रतिवेदन सुझाव सहित पारित भएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ७ : ३४ बजे

करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते

बारा- बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा करेन्ट लागेर एक बालकको

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

चितवन- वर्षातसँगै नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवन खण्ड अझै

मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं– नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ

झरीबीच वसन्तपुरमा मनाइयो इन्द्रजात्रा (तस्बिरहरू)

काठमाडौं– वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर काठमाडौंको ऐतिहासिक

चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वलाई लक्षित गर्दै सार्वजनिक