आज तरकारी तथा फलफूलको मूल्य कति ?  | Khabarhub Khabarhub

आज तरकारी तथा फलफूलको मूल्य कति ? 


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

समितिकाअनुसार टनेल गोलभेडा सानो प्रतिकेजी ५५ रुपैयाँ, गोलभेडा सानो लोकल ४०, भारतीय गोलभेडा ठूलो ३५, घिउ सिमी लोकल ७०, काउली स्थानीय ७०, आलु रातो ५६, मुडे आलु रातो ४८, भारतीय आलु रातो ३५, लौका ४०, हरियो फर्सी ४०, घिरौँला ५० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

यसैगरी, डल्ले च्याउ प्रतिकेजी ३२० रुपैयाँ, बन्दा लोकल ४५, गाँजर ११०, मूला सेतो ५०, भान्टा डल्लो ५०, भान्टा लाम्चो २५, मकै बोडी ८०, टाटे सिमी ५०, तितो करेला ५०, ब्रोकाउली २८०, कागती २२०, भिण्डी ६०, निगुरो ७०, रातो बन्दा २५०, लोकल काँक्रो ७०, अदुवा प्रतिकेजी १७० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरिलो प्रतिकेजी ४५० रुपैयाँ, केरा दर्जनको १५०, अनार ३८०, नासपाती ८०, एभोकाडो २००, कालो अंगुर ४००, किवी ४००, हरियो खुर्सानी अकबरे १२० रुपैयाँ तथा रहु माछा ३७०, छडी माछा २४०, बचुवा माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

यस्तै, लप्सी प्रतिकेजी ५०, हरियो धनियाँ ५०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २२०, परबर ५०, गुन्द्रुक प्रतिकेजी २५०, भारतीय प्याज सुकेको ७०, लसुन हरियो २००, छ्यापी सुकेको २००, भेडे खुर्सानी ८०, सरिफा १५०, फुजी स्याउ ३२०, अम्बा १००, मौसम १५०, जुनार ३२०, अमला ७०, तोफु ११०, पिँडालु ६०, तामा ९०, चुकन्दर ७०, निबुवा ६०, बरेला ९०, कन्य च्याउ १३०, तने बोडी प्रतिकेजी ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  १० : ३६ बजे

भारतीय सेनाले भन्यो : बिहीबार पाकिस्तानले ४०० ड्रोन हान्यो

नयाँ दिल्ली – भारतीय सेनाले बिहीबार राति पाकिस्तानले भारतका विभिन्न

अमृतसर र फिरोजपुरमा ठूलो विस्फोटको आवाज, जम्मूमा गोलाबारी

काठमाडौं – भारत र पाकिस्तानबीच आज पनि गोलबारी जारी छ

राष्ट्रपति पौडेल र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी

जम्मुमा आज पनि ब्ल्याकआउट, स्थानीयलाई घरभित्रै बस्न आग्रह

काठमाडौं – भारत प्रशासित जम्मु कश्मिरमा आज पनि ‘ब्ल्याकआउट’ गरिएको

भारत–पाकिस्तान तनाव : एलओसीपछि नेपाली सीमामा पनि कडा निगरानी, सुरक्षाकर्मी थपियो

नयाँदिल्ली – बिहीबार रातिदेखि पाकिस्तानसँग तनाव चुलिएपछि भारतले नेपालतर्फको सीमावर्ती