२२ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन | Khabarhub Khabarhub

२२ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले कार्यालयको सम्पर्कमा नरहेका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।

हेडक्वाटरले आज गैरहाजिर प्रहरीहरूको नामावलीसहित एक सार्वजनिक गर्दै सात दिनभित्र कार्यालयमा हाजिर हुन आउन निर्देशन दिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । 

उनले भने, ‘लामो समयदेखि आफूखुसी कार्यालयमा गैरहाजिर भएका र खोजतलास गर्दा पनि नभेटिएकाले आज सूचना प्रकाशित गरी गैरहाजिर हुनाका कारण खुलाई स्पष्टीकरण पेस गर्न एक हप्ताको म्याद दिई सम्पर्कमा आउन भनेका छौँ ।’ 

प्रहरी प्रधान कार्यालयद्वारा आज प्रकाशित सूचनाअनुसार गैरहाजिर भएका प्रहरी कर्मचारीहरूमा प्रहरी सहायक हबल्दारहरु अमित श्रेष्ठ, समीर दाहाल, जनम राई र कमल श्रेष्ठ रहेका छन् । 

साथै प्रहरी जवानहरुमा निवास चौधरी, पूर्णबहादुर वली, हेमन्त कुमाल, प्रेम कुँवर, उमेश लामा, अमर डाँगी, दीपक राई, सुस्मत खड्का, केवोङलिङ आङदेम्बे, जीबहादुर पुन, राजकुमार महत, अनिल परियार, प्रकाश अधिकारी, आशामाया तामाङ, किशोर थारू, मोहनसिंह बिक, सुरेन्द्रबहादुर शाही र सन्तोष सुनार छन् ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  २ : १० बजे

नेपाललाई हराउँदै स्कटल्याण्डले जित्यो टी–२०आई सिरिजको उपाधि

काठमाडौं – नेपाललाई हराउँदै स्कटल्याण्डले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको

सङ्घीय निजामती विधेयक असारभित्रै आउने

रौतहट – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता