पर्यटन दिवसका अवसरमा ‘गोल्डेन ट्रयाङ्ल बाइक टुर’ « Khabarhub

पर्यटन दिवसका अवसरमा ‘गोल्डेन ट्रयाङ्ल बाइक टुर’


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– अन्तर्राष्ट्रिय पर्यटन दिवसका अवसरमा ‘गोल्डेन ट्रयाङ्ल बाइक टुर’ आयोजना गरिएको छ । नेपाल टुरिजम फेस्टिभल दोस्रो संस्करणको तयारीस्वरूप एनटिपी मल्टिमिडिया ग्रुपले  एक्सपल्स राइडर्स क्लबको सहकार्यमा पहिलो पटक बाइक टुरको आयोजना गरेको हो ।

नेपाल पर्यटन बोर्ड, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा), ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान), नेपाल उद्योग वाणिज्य महासङ्घलगायत सङ्घ संस्थासँगको समन्वयमा कलाकार, साहित्यकार, बाइकरसहित एक सय जनाको राइडर्स टीमले काठमाडौँ-हेटौँडा-चितवन-लुम्बिनी-पाल्पा-पोखरा रुटमा बाइक टुर गर्ने नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत धनञ्जय रेग्मीले जानकारी दिए । उनले बाइक टुर नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने अवसर भएको बताए । पर्यटन समितिका सदस्य अच्युत गुरागाईँले बाइक टुर पर्यटन क्षेत्रको प्रचार गर्ने सशक्त माध्यम भएको बताए ।

 काठमाडौँबाट हिँडेको बाइक राइडर टोलीले आज मकवानपुरको पर्यटकीयस्थल मकवानपुर गढी दरबारको अवलोकन गरेको छ । सो अवसरमा मकवानपुर गढी गाउँपालिका–२ का वडाध्यक्ष बखानसिंह पाख्रिनले नेपालका महत्वपूर्ण पर्यटकीय गन्तव्यको प्रचारप्रसार तथा अन्तर्राष्ट्रियस्तरमा सकारात्मक सन्देश दिन बाइक टुरले सहयोग पुर्‍याउनेमा विश्वास व्यक्त गरे ।

गतवर्ष मकवानपुरगढीमा साइकल यात्रीलाई स्वागत गरेको  स्मरण गर्दै उनले पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्ने र पर्यटन प्रवर्द्धन गर्ने काममा गाउँपालिकामा सहयोग गर्ने बताए । 

विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गर्ने योजनामा बनाइएको सो टुर पाचौँ दिनमा पोखरा पुग्नेछ । आगामी मङ्सिरमा पोखरामा हुने नेपाल टुरिजम फेस्टिभलको दोस्रो संस्करणको तयारी तथा ब्रान्डिङका लागि लेकसाइडमा टुरको समापन गरिनेछ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ३ : २५ बजे

भासिएको चार महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

दमौली– मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको

युट्युबको आलोचना : अष्ट्रेलियाको १६ वर्षमुनि सामाजिक सञ्जाल प्रतिबन्ध जल्दबाजीको निर्णय

एजेन्सी– युट्युबले बुधबार अस्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाका लागि लाग्ने

ओलीलाई काउन्टर दिन युवाहरूको अलग्गै फोर्स बनाउँदै पोखरेल समूह

काठमाडौं- जेन-जीहरूको दुई दिने आन्दोलनले दुईतिहाइको सत्ता उखेलिएपछि बिलखबन्दमा परेको

अन्नपूर्ण संरक्षण क्षेत्रको प्राकृतिक आकर्षणले पर्यटक लोभ्याउँदै

गण्डकी– गण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका

एचआइभी सङ्क्रमित खुल्दा र नखुल्दा दुवैमा समस्या

चितवन– एचआइभी एड्स सङ्क्रमित खुल्दा र नखुल्दा दुवैमा समस्या हुने