पर्यटन दिवसका अवसरमा ‘गोल्डेन ट्रयाङ्ल बाइक टुर’ « Khabarhub

पर्यटन दिवसका अवसरमा ‘गोल्डेन ट्रयाङ्ल बाइक टुर’


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– अन्तर्राष्ट्रिय पर्यटन दिवसका अवसरमा ‘गोल्डेन ट्रयाङ्ल बाइक टुर’ आयोजना गरिएको छ । नेपाल टुरिजम फेस्टिभल दोस्रो संस्करणको तयारीस्वरूप एनटिपी मल्टिमिडिया ग्रुपले  एक्सपल्स राइडर्स क्लबको सहकार्यमा पहिलो पटक बाइक टुरको आयोजना गरेको हो ।

नेपाल पर्यटन बोर्ड, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा), ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान), नेपाल उद्योग वाणिज्य महासङ्घलगायत सङ्घ संस्थासँगको समन्वयमा कलाकार, साहित्यकार, बाइकरसहित एक सय जनाको राइडर्स टीमले काठमाडौँ-हेटौँडा-चितवन-लुम्बिनी-पाल्पा-पोखरा रुटमा बाइक टुर गर्ने नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत धनञ्जय रेग्मीले जानकारी दिए । उनले बाइक टुर नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने अवसर भएको बताए । पर्यटन समितिका सदस्य अच्युत गुरागाईँले बाइक टुर पर्यटन क्षेत्रको प्रचार गर्ने सशक्त माध्यम भएको बताए ।

 काठमाडौँबाट हिँडेको बाइक राइडर टोलीले आज मकवानपुरको पर्यटकीयस्थल मकवानपुर गढी दरबारको अवलोकन गरेको छ । सो अवसरमा मकवानपुर गढी गाउँपालिका–२ का वडाध्यक्ष बखानसिंह पाख्रिनले नेपालका महत्वपूर्ण पर्यटकीय गन्तव्यको प्रचारप्रसार तथा अन्तर्राष्ट्रियस्तरमा सकारात्मक सन्देश दिन बाइक टुरले सहयोग पुर्‍याउनेमा विश्वास व्यक्त गरे ।

गतवर्ष मकवानपुरगढीमा साइकल यात्रीलाई स्वागत गरेको  स्मरण गर्दै उनले पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्ने र पर्यटन प्रवर्द्धन गर्ने काममा गाउँपालिकामा सहयोग गर्ने बताए । 

विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गर्ने योजनामा बनाइएको सो टुर पाचौँ दिनमा पोखरा पुग्नेछ । आगामी मङ्सिरमा पोखरामा हुने नेपाल टुरिजम फेस्टिभलको दोस्रो संस्करणको तयारी तथा ब्रान्डिङका लागि लेकसाइडमा टुरको समापन गरिनेछ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ३ : २५ बजे

अर्थमन्त्रीको जवाफ- शासकीय सुधारका अधिकांश विषयमा सफलता हासिल गर्‍यौँ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकार गठन भएलगत्तै सार्वजनिक

राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक–२०८३’ लाई

एकता नभए वैकल्पिक शक्ति बनाउनुपर्ने कांग्रेस संस्थापन इतरको धारणा

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरूले पार्टीभित्र एकता हुन

उत्साह दिने हिसाबले मौद्रिक नीति आएको छ : अनलराज भट्टराई

काठमाडौं– यसपटक मौद्रिक नीति सार्वजनिक गर्दा राष्ट्र बैंकले एकैपटक तीनवटा

रुसी आक्रमण चर्किएपछि नाटोसँग हवाई प्रतिरक्षा प्रणाली माग्दै जेलेन्स्की

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टर्कीमा हुने नाटो शिखर सम्मेलनमा युक्रेनमाथि